नगरकोट रिसोर्ट लिमिटेडले आईपीओ ल्याउँदै, धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं । नेपालको पुँजी बजारमा होटल तथा पर्यटन क्षेत्रबाट नगरकोट रिसोर्ट लिमिटेडले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ । रिसोर्टले नेपाल धितोपत्र बोर्डमा साधारण शेयर निष्काशनको लागि दिएको निवेदन नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएको छ । नगरकोट रिसोर्ट लिमिटेडले १५ करोड रुपैयाँबराबरको साधारण शेयर निष्काशन गर्नेछ । जसअनुसार रिसोर्टले १०० रुपैयाँ अंकित दरका कुल […]

फागुन २१ गते निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री डा.रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन निर्धारित मितिमै हुने बताए । लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा उनले निर्वाचन गराउन सरकार पूर्ण रूपमा तयार रहेको बताए। उनले भने, “सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ, कसैको अफवाह र हल्लामा परेर भ्रममा नपर्न म आम […]

आगामी चुनाव नलड्ने विश्वप्रकाश शर्माको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले आफू उम्मेदवार नबन्नेबारे झापाको क्षेत्रीय समितिलाई जानकारी गराइसकेको बताएका हुन् । ‘लगातार ३ पटकसम्म उम्मेदवार बनिसकेकाले यो पटक उम्मेदवार बन्दिन भनेर झापाको मेरो क्षेत्रका साथीहरूलाई भनिसकेको छु । गत चुनावमा म […]

राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो ८० जना कर्मचारी

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले विभिन्न पदका लागि ८० जना कर्मचारी माग गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै मोरङ, धनुषा, काठमाडौं, कास्की, दाङ, सुर्खेत र कैलालीका लागि सुपरीवेक्षक २० र गणक ६० जना माग गरेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले करार सेवामा नियुक्तिका लागि आजको मितिबाट १५ दिनभित्र आवेदन दिनसक्ने […]

निर्वाचन नयाँ शक्ति उदयको प्रस्थानबिन्दु हुनुपर्छः मन्त्री घिसिङ

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ गतेको निर्वाचनलाई नयाँ शक्ति उदयको प्रस्थानबिन्दु बनाउनुपर्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको कार्यलय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले फागुन २१ को चुनावलाई चुनावको रुपमा मात्रै लिन नहुनेमा बताए । जेनजी आन्दोलनबाट स्थापित भएको सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने उल्लेख गर्दै […]

विश्वका प्रमुख सेयर बजारहरुमा एक वर्षमा उल्लेखनीय वृद्धि, स्पेनको मार्केट करिब ५० प्रतिशत बढ्यो

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा विश्वका प्रमुख सेयर बजारहरुमा उल्लेखनीय वृद्धि देखिएको छ । युरोप, एशिया, अमेरिका तथा ल्याटिन अमेरिकाका अधिकांश देशका सेयर बजारहरु दोहोरो अंकले बढेपछि विश्व अर्थतन्त्र क्रमशः स्थिरतातर्फ फर्किंदै गएको संकेत देखिएको छ । ट्रेडिङ इकोनोमिक्सका अनुसार स्पेनको ‘इएस३५’ सूचकांक सबैभन्दा बढी करिब ४९ प्रतिशत ले बढेको छ । त्यसपछि दक्षिण अफ्रिकाको […]

बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न: नेपालगंजकि बुढाले जितिन् जापान भ्रमणको अवसर

काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले चाडपर्वलाई लक्षित गरि २०८२ भाद्र १ देखि २०८२ कार्तिक मसान्तसम्म संचालन गरेको ग्राहक उपहार योजना “चाडपर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग” को बम्पर उपहार बिजेता घोषणा गरेको छ। कम्पनीका ब्राण्ड एम्बेसेडर पारस खड्काको बिशेष उपस्थितिमा एक कार्यक्रमका बिच उनकै हातबाट लक्की ड्र कुपन मार्फत बिजेताको घोषणा गरिएको हो । पुष […]

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

सियोल । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको सङ्केत दिएको छ । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा धेरै हदसम्म पूरा भएको पनडुब्बीको बाहिरी संरचना देखिन्छ । यस क्रममा नेता किम जोङ उनले दक्षिण कोरियाले यस्तै प्रविधि हासिल गर्न दबाब दिइरहेको भन्दै कडा आलोचना गरेका छन् । उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीका […]

बालेन शाहलाई झापाबाट जमानत जफद गरिदिन्छौं: नेता पाठक

बिर्तामोड । नेकपा एमालेका केन्द्रीय सदस्य चिन्तन पाठकले झापाली जनताले बालेन शाहको जमानत जफत गरिदिने बताएका छन् । झापा –५ बाट निर्वाचन लड्ने बालेन शाहको सपनालाई जमानत जफत गरेर देखाइदिने चेतावनी दिए । सरकारविरुद्ध नेकपा एमाले झापाले आयोजना गरेको खवरदारी कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पाठकले बालेन शाहका लागि झापा अत्यन्तै दुखद र अशुभ हुने […]

नेपाली व्यवसायीले झण्डै ९ अर्बको विद्युतीय सवारी साधान आयात गरे, कुन देशबाट गरे कति आयात ?

काठमाडौं । नेपाली व्यवसायीहरुले अर्बोको विद्युतीय सवारी साधानको आयात गरेका छन् ।  यो सँगै नेपालमा विद्युतीय सवारीको आयात  बढेको  छ।  भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२\८३ को ५ महिनामा ८ अर्ब ९५ करोड ५१ लाख रुपैयाँको ईभी कार, जीप, भ्यान आयात भएको छ । गत महिनाको तुलनामा यो रकम  १ अर्ब ४० करोड ६० […]