एनएमबी लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको उक्त संस्थाले खुला प्रतिस्पर्धाबाट योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो । संस्थाले वित्त व्यवस्थापन/आन्तरिक लेखा परीक्षण, सूचना प्रविधि, कृषि प्राविधिक, शाखा प्रमुख/फिल्ड सहायक […]

महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहका दुई जना सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री राखेको हो । कम्पनीले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकताका दिंदै सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी निरु कुथुमी राईको नाममा रहेको ७४ हजार २४६ कित्ता संस्थापक सेयर र इन्दिरा […]

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी। दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । तीमध्ये दक्षिण एसियाली मुलुकका ३२ हजार २० र अन्य देशका १६ हजार ४९३ पर्यटक रहेका छन् । सन् […]

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी। कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन हुने महोत्सव यही चैत २५ गतेदेखि २७ गतेसम्म हुने सोमबार वराहक्षेत्र–ठाकुरबारीस्थित १२ नम्बर रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्नुका साथै स्थानीय धार्मिक […]

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधा कटौती

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा व्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन सङ्कटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय सोमबार स्वीकृत गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व […]

वाणिज्य बैंकको नाफा : खुद नाफामा नबिल बैंक अगाडि, अरु बैंककाे कस्तो छ अवस्था ?

काठमाडौं । चालु आवको फागुन मसान्तसम्ममा वाणिज्य बैंकको नाफा ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य वृद्धि हो । चालु आर्थिक वर्षको फागुनसम्ममा वाणिज्य बैंकहरुको नाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ०.८९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको फागुनसम्म बैंकहरूले ४३ अर्ब […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको । बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६० पैसा र बिक्रीदर १४९ रुपैयाँ २० पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६८ […]

पर्यटन क्षेत्रमा सुधार आवश्यक छ: पर्यटनमन्त्री पौडेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटन क्षेत्रमा सुधार आवश्यक रहेको बताएका छन् । नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको स्वागतमा कार्यक्रममा उहाँले सरकार फेरिएसँगै कार्यशैली पनि रुपान्तरण हुनुपर्ने बताए । मन्त्री पौडेलले पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धि, नवप्रवर्द्धन र दिगो योजनामार्फत नेपाललाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सबैको प्रतिबद्धता आवश्यक रहेको बताए […]

निजी क्षेत्र र सांसदबीच ललितपुरमा नीति संवाद

ललितपुर । हालै सम्पन्न निर्वाचनपछि नयाँ संसद र सरकार गठन भएको परिस्थितिमा आर्थिक विकास,  लगानीमैत्री वातावरण र रोजगारी सृजना लगायत बिषयमा केन्द्रित रहेर निजी क्षेत्र र प्रतिनिधिसभाका सदस्यहरुबीच ललितपुरमा नीति संवाद आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको सन्दर्भमा आयोजित नीति संवादमा प्रतिनिधिसभाका सदस्य र निजी क्षेत्रका प्रतिनिधिहरुले आपसी सहकार्य गरी आर्थिक […]