एनएमबि बैङ्कले गाउंपालिकाको समन्वयमा खेति कर्जा दिने

काठमाडौं । एनएमबि बैंक लिमिटेड, डि.भी एक्सेलस प्रा. लि.(खेति एप) र बागमती गाउँपालिका मकवानपूर बीच गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डि.भी एक्सेलस प्रा.लि.को तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाँउपालिकाको तर्फबाट […]

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७ औं वार्षिकोत्सवको अबसरमा २ नयाँ पोलिसी जारी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ औं वार्षिकोत्सवको अवसर पारेर दुईवटा बीमा योजना सार्वजनिक गरेको छ । सातौं वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेको हो  । सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ । यसमा बीमा अवधिभित्र प्रस्तावकको […]

शिवम होल्डिङग्स लिमिटेडको तेस्रो वार्षिक साधारण हुँदै, नगद लाभांस पारित गर्ने

काठमाडौं । शिवम होल्डिङग्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा २०८१ असोज ३० गते कम्पनीको कार्यालयको सभाहल अनामनगर, काठमाडौंमा  विहान ११:०० बजेलाई बोलाएको छ  । सभामा भौतिक रुपमा र अनलाईन माध्यमबाट पनि सहभागि हुन सकिने कम्पनीले बताएको छ । साधारणसभाले आ.व. २०८००८१ को बार्षिकको कम्पनी सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्न प्रतिवेदन ( सम्लग्न ) माथि […]

११ अर्बले बढ्यो बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी ११ अर्ब रुपैयाँ भन्दा बढीले बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ४ खर्ब ३६ अर्ब ४० करोड ८० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ११ अर्ब २८ […]

विश्व कप लिग टुमा नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपालले क्यानडामा जारी आइसिसी विश्व कप लिग टुको तेस्रो खेल पनि हारेको छ । सोमवार विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको हो  । १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । नाभिनित धालिवा र […]

एनसेलको फोरजी ग्राहक घटे, एनटीसीको बढ्यो

काठमाडौं । नेपालमा फोरजी प्रयोगकर्ता बढ्दो क्रममा देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा २ करोड २२ लाख भन्दा बढीले फोरजी प्रयोग गर्ने गरेको देखिन्छ । २०८१ असार मसान्तसम्म नेपालमा २ करोड २२ लाख ३२ हजार ४१६ फोरजी प्रयोगकर्ता छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा फोरजी प्रयोगकर्ता २ […]

यी तीन प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको  महाशाखाले जनाएको छ । आजदिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा […]

न्युयोर्कमा ओली मोदी भेट : दुई देशका संयन्त्रहरू सक्रिय बनाएर समस्या समाधान गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा आएका दुवै प्रधानमन्त्री को भएको साइडलाइन भेटवार्ता न्युयोर्क लोते प्यालेसमा भएको थियो । भेटबार्तामा  दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित […]

प्रधानमन्त्री ओलीबाट ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रकाे अध्यक्षता, आजै महासभामा सम्बाेधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत अमेरिकाको न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा आयोजित ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता गरेका छन् . महासभाको उक्त समटिको उद्घाटन सत्रमा भाग लिएपछि प्रधानमन्त्री ओलीले राष्ट्र संघको मुख्यालयस्थित ट्रष्टी काउन्सिलमा आयोजित छलफलसत्रको अध्यक्षता गरेका हुन् । यस सत्रमा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती र […]

रास्वपा पार्टी कार्यलय बाहिर कार्यकर्ताको भिड मिडिया बिरुद्द नाराबाजी गर्दै

काठमाडौं ।संसदीय छानबिन समितिले सहकारीको बचत अपचलनमा किटान गरेका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पनि पक्राउ पर्ने आशंकाबीच पार्टी कार्यालयमा कार्यकर्ता जम्मा गराएका छन् ।  जम्मा भएको कार्यकर्ताको भिडले मिडियाविरुद्ध नाराबाजी गरेको छ । पार्टी कार्यालयमा रास्वापाका कार्यकर्ताहरूको भिडले समाचार संकलनका लागि रास्वपा कार्यलयमा पुगेका सञ्चारहरूमाझ नाराबाजी गरेका हुन् । सभापति लामिछानेले गरेको बचत अपचलनको […]