सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं । बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको परिस्थितिसँगै युवाहरूमा अनुशासनहीनता बढेपछि नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसिसी) तालिम विस्तार गर्नुपर्ने आवाज उठेको छ । देश निर्माणमा जुट्नुपर्ने युवाशक्ति आन्दोलन र सङ्घर्षका नाममा राष्ट्रका महत्त्वपूर्ण सम्पदा र धरोहर तोडफोड तथा आगजनीमै उत्रिन थालेपछि यो तालिमको आवश्यकता महसुस गरिएको हो । विशेषगरी पछिल्लो समय […]

बन्द सत्रमा विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनमा के छ? (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवेदन पेश गरेका छन्। उनले आफूले पेस गर्ने प्रतिवेदनलाई ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस सद्भाव, सुशासन र समुन्नत नवीन यात्रा’ नाम दिएका छन्। बन्द सत्रमा महामन्त्री गगन थापाले थापाले राजनीतिक र नीति सम्बन्धि प्रतिवेदन पेस गर्नेछन्। यस्तो छ उनको प्रस्ताव-

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारितः के छ कार्यविधिमा ?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२’ पारित गरेको छ । आज भृकुटीमण्डमा भएको बन्दसत्रले पारित गरेको कार्यविधिमा केन्द्रीय कार्यसमितिको विघटन गर्ने प्रावधान समावेश गरिएको हो । कार्यविधिमा कांग्रेसको १४औँ महाधिवेशन विसं २०७८ (मङ्सिर २४ देखि २८) देखिको निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रिय […]

विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण हुँदै

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको मुनाल उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधि […]

टिचिङ अस्पतालले बन्द गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौं ।मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ । शिक्षण अस्पताल प्रशासनले सूचना सार्वजनिक गर्दै आगामी माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गरिने जानकारी दिएको हो। अस्पतालले मासिक करिब पाँच करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएकोमा बीमा […]

बन्द सत्रमा गगन थापाले पेश गरेको प्रस्तावमा के छ? (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र जारी छ। भृकुटीमण्डपमा जारी बन्द सत्रमा महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन्। यस्तो छ उनको प्रस्ताव-  

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार बसेको उक्त बैठक केहीबेरदेखि सञ्चालनमा रहेको हो।यो नियमित मन्त्रिपरिषद् बैठक भएको जनाइएको छ। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा केहीबेर अगाडि सुरु भएको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि –२०८२’ पारित गरेको छ । यही पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्रले कार्यविधि पारित गरेको हो । बन्दसत्रमा विश्वप्रकाश शर्माले ‘बदलिएको देश÷बदल्नुपर्ने कांग्रेस सद्भाव, समुन्नतिको नवीन यात्रा’ सम्बन्धी प्रतिवेदन पेस गरेका छन् ।

अनलाइन सुरक्षा सुनिश्चित गर्न अष्ट्रेलियाको नयाँ कदम

सिड्नी । मेटाले सोमबार अष्ट्रेलियालाई १६ वर्ष मुनिका किशोरहरूको लागि विश्वकै पहिलो सामाजिक सञ्जाल प्रतिबन्ध पुनर्विचार गर्न आग्रह गरेको छ । यसैबीच कम्पनीले नयाँ कानुन अनुसार पाँच लाख ४४ हजार भन्दा बढी खाता ब्लक गरेको जनाएको छ । गत वर्ष डिसेम्बर १० देखि अष्ट्रेलियाले मेटा, टिकटक र युट्युब जस्ता ठूला प्लेटफर्महरूलाई अवयस्क प्रयोगकर्ताहरूले खाता नखोल्ने […]

खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द

चौतारा(सिन्धुपाल्चोक)।चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको छ । आइतबार राति न्यालम र खासाको मध्य भागसहित ‘छोबिन’ क्षेत्रमा सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा नआएपछि नाका बन्द गर्ने निर्णय गरिएको इलाका […]