पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गलकोट (बागलुङ) । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको करिडोरको बागलुङखण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला भन्ने स्थानमा पहिरो खसेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए । पहिरोका कारण उक्त खण्डमा यातायात सञ्चालन ठप्प भएको छ । कालाखोला छेत्रमा यस अघि […]

आजको मौसम पूर्वानुमान : देशभर मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा […]

बैंक तथा वित्तीय संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी नयाँ नियम, कुन खर्च सामाजिक उत्तरदायित्व हुन्छ ? कुन हुँदैन ?

काठमाडौं । नेपाल राष्ट्र बैङकले  बैङ्क तथा बित्तिय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि मार्ग दर्शन २०८१ संशोधन गरेको छ । संशोधित मार्गदर्शन अनुसार बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वका मूल्य, मान्यता, मर्म र अन्तर्राष्ट्रिय सिद्धान्त अनुरुप मुलुक र समाजप्रतिको दायित्व निर्वाह गर्दै गरिब, विपन्न तथा लक्षित वर्गको उत्थानमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने भएको छ […]

बीमा प्राधिकरणकाे अध्यक्ष नियुक्तिकाे लागि आवेदन माग

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष  नियुक्तिको लागि गठित सिफारिस समितिले  अध्यक्षकाे लागि  आवेदन माग गरेकाे छ  । बीमा समितिका अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेपश्चात मन्त्रिपरषद बैठकले बीमा समितिकाे अध्यक्ष छनाैटकाे लागि  याेजना  आयाेगका उपाध्क्षकाे संयाेजकत्वमा ती सदस्यीय  सिफारिस समिति गठन गरेकाे थियाे । उक्त  सिफारिस समितिले  अध्यक्ष नियुक्तिको लागि  जारी गरेको  सुचना […]

माछापुच्छ्रे बैंकको लाभांश घोषणा

काठमाडौं । माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेकाे छ । शुक्रबार  बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई करसहित ४ प्रतिशत नगद  र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले सेयरधनीलाई लाभांश वितरण गर्नेछ […]

यस वर्षपनि काउन्टर साइक्लिक बफर शून्य प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि काउन्टरसाइक्लिक बफर (Countercyclical Capital Buffer) शून्य प्रतिशत कायम गरेको छ । “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । काउन्टरसाइक्लिक बफरको उद्देश्य वित्तीय प्रणालीलाई स्थिर राख्नु र आर्थिक उतार-चढावको समयमा बैंकहरूको […]

आइएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीहरुले ग्रान्डी हस्पिटलमा छुट पाउने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र ग्रान्डी हस्पिटलबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  यस सम्झौता अनुसार इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले ग्रान्डी हस्पिटलमा उपचारसेवा लिदा १०% छुट प्राप्त गर्न सक्नेछन् । साथै, वेलनेस प्याकेजमा विषेश सहुलियत दिने विषयमा पनि सम्झौता भएको छ । सम्पर्क व्यक्तिको सम्पूर्ण जानकारी  कम्पनीको अधिकारिक बेवसाइटमा : https://imelifeinsurance.com/press-release/ मा […]

अफगानिस्तानमा स्वास्थ्य सङ्कट: २ करोड २० लाखलाई तत्काल सहयोग आवश्यक

काबुल ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अफगानिस्तानले गम्भीर स्वास्थ्य सङ्कटको सामना गरिरहेको चेतावनी दिएको छ । यहाँ दुई करोड २० लाख मानिसलाई तत्काल सहायता आवश्यक छ । डब्लुएचओका अनुसार आर्थिक अभावले क्लिनिकहरू बन्द भएका छन् र सामूहिक शरणार्थी फिर्तीले पहिले नै कमजोर स्वास्थ्य प्रणालीलाई डुबाउने खतरा सिर्जना गरेको छ । अफगानिस्तानका चार करोड ६० […]

टप गियरले सार्वजनिक गर्‍यो शीर्ष २० इलेक्ट्रिक कार : नेपालमै उपलब्ध एमजी४ छैठौँ स्थानमा

काठमाडौं । अटोमोबाइल सम्बन्धी लोकप्रिय न्युज पोर्टल टप गियरले बढी रुचाइएका शीर्ष २० इलेक्ट्रिक कारहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीको पहिलो नम्बरमा रेनो ५ परेको छ । त्यसैगरी दोस्रो र तेस्रो नम्बरमा क्रमशः हुन्डाई आयोनिक ५ एन र रोल्स रोयस स्पेक्टर परेका छन् । त्यसैगरी चौथो, पाँचौ र छैटौं नम्बरमा क्रमशः पोर्स्चे टेक्यान, टेस्ला […]

“डबल या तेब्बर बबाल!” डेल्टा अटोकर्पको आकर्षक फेस्टिभ अफर

काठमाडौं । नेपालका लागि भेस्पा-एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लिले यस वर्ष पनि दशैं, तिहार तथा छठ पर्वको अवसरमा “डबल या तेब्बर बबाल” फेस्टिभ अफर सार्वजनिक गरेको छ । नेपालीहरूको महान पर्वलाई अझ रोचक र उत्साहपूर्ण बनाउन ल्याइएको यो अफर अन्तर्गत, भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने हरेक ग्राहकले आकर्षक स्क्र्याच कार्ड प्राप्त […]