दक्षिण कोरियाको औद्योगिक उत्पादन बृद्धि ०.५ प्रतिशतमा सीमित

सोल  । दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि सन् २०२५ मा पाँच वर्षमा सबैभन्दा कम भएको छ । तथ्याङ्क मन्त्रालयका अनुसार, पहिलो अर्धवार्षिक राजनीतिक अनिश्चितताको कारण औद्योगिक उत्पादन सूचकाङ्क केवल ०.५ प्रतिशतले मात्र बढेको हो । यो वृद्धि २०२० पछि सबैभन्दा न्यून हो । गत वर्षको सुस्त वृद्धि मुख्य रूपमा राजनीतिक अस्थिरताका कारण भएको बताइएको छ […]

युवा सङ्घको अध्यक्षमा गुरुङ

काठमाडौं ।  राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई सङ्घको अध्यक्ष चयन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरुको उपस्थितिमा भएको बैठकमा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका हुन् । । सङ्घको गत जेठ १४ गते पोखरामा […]

जापानको औद्योगिक उत्पादन २०२५ मा घट्यो

काठमाडौं । जापानको सरकारी तथ्याङ्कले जनाए अनुसार डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको सरकारी डाटामा समावेश छ । सरकारका अनुसार फ्याक्ट्री र खानीहरुको उत्पादन सूचकाङ्क सन् २०२० का आधारअङ्क १०० को सापेक्ष १०१.८ मा कायम भएको छ, तर औद्योगिक वस्तु ढुवानी […]

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन, कानुनी सुधार, वित्तीय सङ्घीयता, वित्तीय क्षेत्र सुधार, योजना–अनुगमन र प्रशासनिक व्यवस्थापनसम्बन्धी विस्तृत प्रगति विवरण सार्वजनिक गर्दै राज्यकोष व्यवस्थापन, निर्वाचन खर्च, राजस्व प्रशासन सुदृढीकरण तथा सुशासन प्रवर्द्धनमा केन्द्रित प्रयास अघि बढाएको […]

हिउँदे वर्षाले बाँके-बर्दियाका इँटाभट्टामा ठूलो क्षति, करिब १० करोडको नोक्सानी

नेपालगन्ज । दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति पुगेको छ । यहाँस्थित एउटा भट्टामा ५० लाखदेखि एक करोड थान तयार पारेर सुकाउन राखिएको काँचो इँटामा क्षति पुगेको इँटा व्यवसायी सङ्घ लुम्बिनीका उपाध्यक्ष दीपक अधिकारीले बताए । उनका अनुसार बाँकेमा मात्रै करिब रु १० करोडको इँटा नोक्सानी भएको छ । उपाध्यक्ष अधिकारीले काँचो इँटामा क्षति पुगेपछि […]

म्यान्माको चुनावलाई आसियानले मान्यता दिएन

काठमाडौं ।  दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले म्यान्मामा हालै सम्पन्न चुनावलाई मान्यता नदिने स्पष्ट पारेको छ ।  सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि सम्पन्न यो पहिलो चुनाव सेना समर्थित दलले जितेको दाबी गरे पनि आसियानले त्यसलाई स्वीकार नगर्ने फिलिपिन्सका विदेशमन्त्री थेरेसा लाजारोले बिहीबार बताएकी हुन् । यो निर्णय म्यान्माका सैन्य शासकहरूका लागि अन्तर्राष्ट्रिय […]

आठपटक म्याद थप्दा पनि महावीर चोकसम्मको सडक अलपत्र

गोलबजार– आठौँपटक म्याद थप्दा पनि धनुषाको जनकपुर–कदम चोक–तीनकोरिया– सघारा–कमालपुल–पूर्व महावीर चोक सिरहा खण्डको हुलाकी सडक स्तरोउन्नति अझै काम पूरा भएको छैन । १९ करोड १४ लाखमा ३७ हजार १६७ रुपैयाँ (भ्याटसहित) लागतमा साढे पाँच किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा लिएका धुकुछु कन्स्ट्रक्सन प्रालि बुद्धनगर काठमाडौँले अहिलेसम्म ८५ प्रतिशत काम मात्रै गरेको छभने वित्तीय प्रगति ६३ दशमलव […]

हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन

मुस्ताङ । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक आज बिहानदेखि सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो । मगंकबार राति भारी हिमपातका कारण मुक्तिनाथ जाने १२ किलोमिटर कालोपत्र सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो । बिहीबार दिउँसोदेखि जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र […]

नेशनल लाईफको ‘मन्थन २०८२’ अन्तर्गत एकदिने अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरि छनौट भएका बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध रही कार्य गर्ने अभिकर्ताहरुलाइ  १ दिने तालिम प्रदान गरेको छ । कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कडेलज्युको सभपतित्वमा सम्पन्न भएको सो कार्यक्रम अन्तर्गत छनौट भएका २८० जना […]

राष्ट्रपति पौडेल आगामी मङ्गलबार जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गतेदेखि २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएका छन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणा अनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही माघ १८ गते नेपाल एयरलाइन्सको उडानबाट राति जापान प्रस्थान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए । […]