अन्तर्राष्ट्रिय भन्सार दिवस : नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं । यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या सिर्जना गरेको निजी क्षेत्रले जनाएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाहरूले नगद कारोबारको सीमा बढाउनुपर्ने माग गरेका हुन् । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमेत उपस्थित रहेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल […]

अन्तरराष्ट्रिय भन्सार दिवस : ‘आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक’

काठमाडौं ।  अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ७४औँ अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न सहज नहुने स्पष्ट पारे । उनले आन्तरिक उत्पादनले प्रतिस्थापन गर्न सक्ने वस्तुहरू अनावश्यक रूपमा आयात भइरहेको अवस्थामा ऐन–कानुनमार्फत […]

परराष्ट्रमन्त्री शर्मासँग गैरआवासीय नेपाली सङ्घको भेट

काठमाडौं । बाह्रौँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली सङ्घले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटघाट गरेको छ । मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई भेटेर १२औँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा हालसम्म भएका प्रगति विवरण जानकारी गराएको हो । एनआरएनएका प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई सङ्घको १२औँ महाधिवेशनका […]

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार

काठमाडौं ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’ गरेको छ । निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिले पनि आ–आफ्नो क्षेत्रमा लागू गराउन पत्राचार गरेको […]

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई नियन्त्रणमा लिने क्रममा अमेरिकाले एक गोप्य हतियार प्रयोग गरेको दाबी गरेका छन् । सो हतियारका कारण भेनेजुएलाका सैन्य उपकरणहरू काम नगर्ने अवस्थामा पुगेको उनले बताए । एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले उक्त हतियारका कारण भेनेजुएलाले प्रयोग गर्न तयार पारेका क्षेप्यास्त्र र अन्य सैन्य प्रणाली निष्क्रिय बनेको […]

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित पाँचवटा मतदानस्थल तथा मतदान केन्द्रको स्थलगत अनुगमन गरिएको छ । मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल र प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, जिल्ला सुरक्षा समिति, जिल्ला निर्वाचन कार्यालय प्रमुख लोकेन्द्र ज्ञवाली र स्थानीय सञ्चारकर्मी लगायतको संयुक्त टोलीले मुस्ताङको थासाङ गाउँपालिकामा रहेका आठवटा मतदान केन्द्र तथा मतदानस्थलमध्ये पाँच […]

नेसनल प्याब्सन काठमाडौंको आयोजनामा जिल्लाव्यापी खेलकुद सप्ताह–२०८२ भोलिदेखि सञ्चालन हुने

काठमाडौं । नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजना तथा नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको समन्वयमा जिल्लाव्यापी खेलकुद सप्ताह–२०८२ भोलि (माघ १३ गते) देखि माघ १६ गतेसम्म सञ्चालन हुने भएको छ। बुढानिलकण्ठ नगर समितिको कार्यालयमा आज माघ १२ गते सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला कोषाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप संयोजक विजय न्यौपानेले खेलकुद सप्ताहको जानकारी दिएका […]

सुनको भाउ प्रतितोला ३ लाख ९ हजार, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले पुनः ऐतिहासिक उचाई बनाएको छ । पछिल्ला तीन दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउदै बढ्ने क्रममा रहेको हो । सोमबार सुन प्रतितोला ५ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २८५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल […]

एनआरएन इन्फ्रास्ट्रक्चरले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनरको सेयर बिक्री गर्दै

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनर लिमिटेडको सेयर बिक्री गर्ने निर्णय गरेको छ । माघ ११ गते बेलुका ५ बजे बसेको सञ्चालक समितिको बैठकले यस संस्थाको नाफामा रहेको हिमालयन पावर पार्टनरको ८ लाख ५६ हजार ९६० कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने जनाएको हो ।

सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यद्वारा पदभार ग्रहण

काठमाडौं । सानिमा बैंक लिमिटेडको नेतृत्व पवन कुमार आचार्यले सम्हालेका छन्। माघ १२ गते उनले औपचारिक रूपमा प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरेका हुन्। बैंकको सञ्चालक समितिले २०८२ कात्तिक २४ गते बसेको बैठकबाट आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो। त्यसै निर्णयअनुसार उनले आजदेखि जिम्मेवारी सम्हालेका हुन्। आचार्य सानिमा बैंकका लागि नयाँ अनुहार होइनन्। उनी पछिल्ला २१ […]