आज सेयर बजार बन्द रहने

काठमाडौं । सोमबार सेयर बजार बन्द रहने भएको छ । आज सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा भएकोले सेयर बजार बन्द रहने भएको हो । अब दोस्रो बजार भोली खुला हुनेछ । गत साता पनि बजार तीन कारोबार दिनका लागि मात्र खुलेको थियो । अघिल्लो कारोबार दिन अर्थात आइतबार नेप्से परिसूचक ३१.१२ अंक बढेर २६७२.५५ विन्दुमा […]

पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहनेछ मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भू–भागमा आंशिक बादल लागेको छ तथा बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर […]

घरजग्गा कर्जा उठ्न नसक्दा बैंकमा थुप्रियो गैरबैंकिङ सम्पत्ति, पुग्यो ५१ अर्ब गैरबैंकिङ सम्पत्ति

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् । यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय […]

‘पर्वतारोहण र पर्यटनले नेपाल–क्यानडा सम्बन्धलाई थप सुदृढ बनाएको छ’

काठमाडौं । सरोकार भएकाहरूले पर्वतारोहण र पर्यटनले नेपाल–क्यानडा सम्बन्धलाई अझ सुदृढ बनाएको धारणा व्यक्त गरेका छन् । नेपाल र क्यानाडाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१औँ वर्षगाँठका अवसरमा नेपाल–क्यानाडा मैत्री तथा सांस्कृतिक सङ्घको आयोजनामा आज यहाँ भएको ‘नेपाल क्यानडा सम्बन्ध विस्तारमा पर्वतारोहण पर्यटन’ विषयक अन्तरक्रियामा सरोकार भएकाहरूले दुई देशको सम्बन्ध विस्तारमा पर्यटन क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको […]

शंकर पोखरेल दाङ–२ बाटै लड्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ–२ बाटै उम्मेदवार बन्ने निश्चित भएको छ । यही क्षेत्रबाटै पोखरेलले चुनाव लड्दै आएका छन् । शनिबारको सचिवालय बैठकले भने पोखरेललाई यो क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको थिएन । उपमहासचिव लेखराज भट्टले निर्णय सुनाउँदा दाङ–२ मा अध्यक्ष केपी शर्मा ओलीले पछि टुंगो लगाउने बताएका थिए । तर, आज […]

मधेश प्रदेश सांसद रहबर अन्सारीले दिए राजीनामा

काठमाडौं । मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रबर अन्सारीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ । अन्सारी केही दिन अगाडि रास्वपा प्रवेश गरिसकेका छन् । उनी बारा ४ बाट प्रतिनिधि सभा उम्मेदवार उठ्ने तयारी गरेका छन् । रहबरले प्रचण्डलाई माओवादी केन्द्रका पूर्वअध्यक्ष सम्बोधन गर्दै राजीनामा दिएका थिए । […]

बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटि स्वीकृत

काठमाडौं । देशकै ठूलो जलाशययुक्त आयोजना बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटि स्वीकृत भएको छ । धादिङ र गोरखामा निर्माण प्रस्तावित बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनालाई अघि बढाउन मन्त्रिपरिषद्ले यसको वित्तीय तथा लगानी मोडालिटी स्वीकृत गरेको हो । सरकारको स्वामित्वमा रहने यस बहुप्रतिक्षित आयोजनाको प्रवद्र्धक कम्पनी बूढीगण्डकी कम्पनी लिमिटेडमा नेपाल सरकारको ८० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको […]

सोलु हाइड्रोपावरको आईपीओमा २५ लाख बढीको आवेदन, कतिले पाउँछन् सेयर ? 

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा २५ लाख भन्दा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिनसम्ममा यो कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले आवेदन दिएका हुन् । सिडिएसका अनुसार आइतबार अन्तिम दिनसम्ममा ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँका लागि […]

नेप्सेका कर्मचारीले पाउने बोनस रकम आधा भन्दा धेरैले घट्यो, कति पाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरुले पछिल्ला वर्षहरुमा पाउने बोनस रकममा उल्लेख्य गिरावट आएको देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा नेप्सेका कर्मचारीहरुले जम्मा २ करोड ४३ लाख रुपैयाँ बोनस प्राप्त गरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पाएको १ करोड ३२ लाख रुपैयाँको तुलनामा केही वृद्धि भए पनि त्यसअघिका […]