राष्ट्रपतिसँग जेनजीको छलफल सोमबारलाई सारियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीको छलफल सोमबारका लागि सारिएको छ । आज गर्ने भनिएको छलफल सोमबारको लागि सरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । आज गर्ने भनिएको छलफलमा सहभागी हुने प्रतिनिधिबारे विवाद भएपछि सोमबार दिउसो ३ बजे छलफल गर्ने तय भएको हो । राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की र जेनजीका अगुवाहरू बीचमा छलफल गर्ने […]

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा लम्साल नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा भन्सार विभाग, त्रिपुरेश्वरका उप–महानिर्देशक अमृत लम्साल नियुक्त भएका छन्। नेपाल सरकार, अर्थ मन्त्रालयको गत असोज ६ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले अमृत लम्साललाई नेपाल सरकारको तर्फबाट सञ्चालक नियुक्त गर्ने निर्णय गरेको थियो। लम्सालले नेपाल रिको सञ्चालक समितिको सदस्यको हैसियतमा असोज २३ गते पद बहाली गरेको कम्पनी […]

काठमाडौँका बालबालिकामा बढ्दै छ दृष्टि समस्या

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६३७ जना छात्रछात्राको आँखा जाँच गर्दा एक हजार २६० जनामा दृष्टिसम्बन्धी समस्या भेटिएको जनाएको छ। कामपा स्वास्थ्य विभागले नेपाल नेत्र ज्योति सङ्घ र कीर्तिपुर आँखा अस्पतालसँगको सहकार्यमा हरेक वडाबाट कम्तीमा एउटा विद्यालय पर्नेगरी विद्यालय छनोट गरेर परीक्षण गरिएको जनाइएको छ । विभागका प्रमुख दीपककुमार केसीका अनुसार […]

रौतहटमा साढे ४ लाख घुससहित प्रधानाध्यापक पक्राउ

काठमाडौं । रौतहटमा शिक्षक नियुक्तिका लागि लिएको घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रधानाध्यापकलाई पक्राउ गरेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार ४ लाख ५० हजार घुस रकमसहित रौतहटको धरहरीस्थित श्री जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसादसमेत २ जनालाई नियन्त्रणमा लिइएको हो। उक्त विद्यालयले शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा सेवाग्राहीले रीतपूर्वक दरखास्त […]

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनलाई भर्ना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। अस्पताल स्रोतका अनुसार उनी अस्पताल आइपुगेको करिब दुई घन्टा भएको छ । अहिले प्रारम्भिक परिक्षण भइरहेको छ । उनलाई शनिबार ११:३० बजेतिर अस्पताल लगिएको हो।

भूमि आयोग खारेज गर्नु मौलिक हकको खारेजी गर्नु सरह हो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले भूमि आयोग खारेज गर्नु भनेको संविधानले दिएको जमिन प्राप्त गर्ने मौलिक हकको खारेजी गर्नु सरह भएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले सो कुरा बताएका हुन् । सुशीला कार्की नेतृत्वको सरकारले अयोग खारेजी गर्ने निर्णय गरे सँगै उनको उक्त प्रतिक्रिया जनाएका हुन् । उनले […]

बाढी पहिरोका कारण चार राजमार्ग अवरुद्ध

काठमाडौं । बाढी पहिरोका कारण चार मुख्य सडक पूर्ण रूपमा अवरुद्ध रहेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशभर चार राजमार्ग अवरुद्ध रहेका छन् । सङ्खुवासभा भोटेखोला गाउँपालिका वरुण नदीले डाइभर्सन बगाउँदा कोशी राजमार्ग जेठ ६ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ । यस्तै सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग पूर्णरुपमा […]

क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न लाइसेन्स लिनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाहरूलाई इजाजतपत्र (लाइसेन्स) लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ अनुसार लाइसेन्स प्राप्त नगरेका संस्थाहरूले विदेशी मुद्राको कारोबार गर्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएको हो। राष्ट्र बैंकले ऐनको दफा ३ बमोजिम विदेशी […]

भदौमा घरजग्गा कारोबार र राजस्व संकलनमा गिरावट

काठमाडौं । चालु आर्थिक वर्षमा घरजग्गा कारोबारबाट उठ्ने राजस्व संकलनमा उल्लेख्य गिरावट आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार भदौ महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब १४ करोड रुपैयाँ मात्र राजस्व उठेको छ । गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा ठूलो अन्तर देखिएको छ । राजस्वमा गिरावट आउनुको मुख्य कारण भूउपयोग नियमावलीका कारण […]

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सरल

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रियालाई सरलीकृत गरेको छ। यसअघि देशका विभिन्न मालपोत कार्यालयले जारी गरेको सूचनाका कारण आम नागरिकमा त्रास फैलिएपछि सरकारले थप सरलीकृत गरेको हो। आन्दोलनका क्रममा आगलागीका कारण क्षति भएका मालपोत कार्यालयलाई पत्राचार गर्दै लालपूर्जा र नागरिकतागायत जग्गाधनीसँग रहेका […]