निर्वाचन खर्च १४ लाख १७ हजार देखाउँदै बालेन्द्र शाहले आयोगमा बुझाए विवरण

काठमाडौं । प्रतिनिधिसभाका निर्वाचित सदस्य बालेन्द्र शाहले आफ्नो निर्वाचन अभियानमा भएको खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्। निर्वाचन आयोगमा दर्ता गरिएको विवरणअनुसार शाहले चुनावी अभियानका क्रममा विभिन्न शीर्षकमा गरी १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। झापा जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका शाहका तर्फबाट निर्वाचन प्रतिनिधि नवीन भण्डारीले ०८२ फागुन […]

एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा (एमाले) को नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनःगठन गर्न अपिल गरेका छन् । रुपन्देही क्षेत्र नं. २ मा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार भएर पराजितसमेत भएका पौडेलले आज विज्ञप्तिमार्पत विगतमा पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न तथा जनअपेक्षाअनुसार आफैँलाई […]

१२४ स्थानमा जित हात पार्दै रास्वपा पहिलो स्थानामा, समानूपातिकतर्फ भने ४२ लाख नाघ्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२४ क्षेत्रमा विजयी भएको छ । सोमबार १ : ३५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १२४ स्थानमा जित र १ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ […]

मातृकालाई प्रमाणपत्र नदिए सँगै आयोगलाई निष्पक्ष ढङ्गले काम गर्न नेकपाको आग्रह

काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । संयोजक पुष्पकमल दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उनलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र […]

चीनको हतियार निर्यातमा पाकिस्तान प्रमुख

नयाँदिल्ली। पछिल्ला वर्षहरूमा विश्वव्यापी हतियार कारोबारको ढाँचामा उल्लेखनीय परिवर्तन देखिँदै गएको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को नयाँ प्रतिवेदनअनुसार पाकिस्तान चीनबाट हतियार आयात गर्ने सबैभन्दा ठूलो देश बनेको छ । सन् २०२१–२५ को अवधिमा चीनले निर्यात गरेको प्रमुख हतियारको करिब ६१ प्रतिशत हिस्सा पाकिस्तानमै पुगेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार पाकिस्तानको […]

कञ्चनपुर–२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका १९ मध्ये १५ जनाको जमानत जफत भएको छ । निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसके उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको छ । सदर मतको […]

अर्घाखाँचीमा समानुपतिक मतगणना सकियो, रास्वपा प्रथम

अर्घाखाँची। अर्घाखाँचीमा समानुपतिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम भएको छ । रास्वपाले प्रत्यक्षभन्दा चार हजार बढी बढी मत अर्थात् ३९ हजार ५८ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ ३५ हजार २३ मत प्राप्त गरेको थियो । दोस्रोमा नेकपा (एमाले)ले २० हजार ४५१, नेपाली कांग्रेसले १७ हजार ६५१, नेपाली कम्युनिष्ट पार्टीले तीन हजार ९७७, राष्ट्रिय […]

मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

शिकागो। इरानसँगको युद्ध चर्किँदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको छ, जुन अघिल्लो हप्ताको अन्त्यतिरको मूल्यभन्दा करिब २४ प्रतिशत बढी हो । अमेरिकामा उत्पादन हुने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य पनि प्रति ब्यारेल करिब ११६ […]

नीतिबाट राजनीतिसम्म : डा स्वर्णिम वाग्लेको यात्रा

दमौली ।  नेपालको सार्वजनिक नीति र अर्थतन्त्रका बहसमा लामो समयदेखि परिचित नाम हो, डा स्वर्णिम वाग्ले । अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा पहिचान बनाएका डा वाग्ले पछिल्ला वर्षमा सक्रिय राजनीतिमा प्रवेश गर्दै अहिले तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएको छ । डा वाग्ले ३८ हजार ४० मतसहित विजयी भएको छ […]

दाङमा साढे १० हजार बढी मत बदर

दाङ।  दाङमा साढे १० हजार बढी मत बदर भएको छ । यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खसेको जम्मा दुई लाख ५१ हजार ३६८ मतमध्ये १० हजार ६९८ मत बदर भएको हो । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार बदर प्रतिशत ४.२५ रहेको […]