आम्दानी बढ्दा रावा इनर्जीको नाफा बढ्यो

काठमाडौं । रावा इनर्जीले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा बढेको छ। कम्पनीको नाफा ९१.७३ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षमा कम्पनीको नाफा २ करोड ६८ लाख ११ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा कम्पनीको नाफा १ करोड ३९ लाख ८३ हजार रुपैयाँ थियो। विवरण […]

हराएका मोटरसाइकल फेला पारेर सवारी धनीलाई बुझाइयो

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको छ । ट्राफिक प्रहरीले आइतबार बग्गीखानामा सवारीधनीलाई मोटरसाइकल बुझाएको हो । आज ६५ वटा दुई पांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । दुई दर्जनबढी मोटरसाइकल उपत्यकाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा फेला पारेर धनीलाई बुझाइएको ट्राफिक प्रहरीले […]

३२ वटा लघुवित्तले कमाए ५ अर्ब ३७ करोड नाफा, अधिकांशको मुनाफा बढ्यो

काठमाडौं । सञ्चालनमा रहेका ३२ वटा लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यी संस्थाहरुले ९ महिनामा समग्रमा ५ अर्ब ३७ करोड रुपैयाँ भन्दा धेरै नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३०.७७ प्रतिशत धेरै हो । गत वर्ष यी संस्थाहरुले ४ अर्ब ११ करोड […]

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

काठमाडौं । पश्चिम एसियामा जारी युद्धका कारण तेल आपूर्तिमा अवरोध र मूल्यमा तीव्र वृद्धि भएपछि युरोपका ठूला तेल तथा ग्यास कम्पनीहरूले पहिलो त्रैमासिकमा ठूलो नाफा कमाएका छन् । यससँगै लन्डनदेखि पेरिससम्म उनीहरूको ‘असामान्य नाफा’ मा थप कर लगाउनुपर्ने माग पुनः उठ्न थालेको छ । ‘शेल’ ले हालै आफ्नो नाफा सार्वजनिक गर्दै पहिलो त्रैमासिकमा करिब ५.७ अर्ब अमेरिकी […]

मूल्यसूची सबैले देख्ने गरी ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउन आग्रह

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मूल्यसूची सबैले देख्ने गरी ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउन आग्रह गरेको छ । वैशाख २८ देखि जेठ ३ गतेसम्म ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउन सरोकारावाला निकायमहरु सबैमा आग्रह गरिएको मन्त्रालयका शाखा अधिकृत सुसिल पकुवालले जानकारी दिए । ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउने क्रममा मन्त्रालयले उद्योग, पैठकारीकर्ता, सप्लायर्स, खुद्रा विक्रेता लगायत सम्पूर्ण […]

प्रदूषण न्यूनीकरणका लागि सवारी साधनको नियमित जाँच

काठमाडौं । काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि सवारी साधनको जाँचलाई तीव्रता दिएको छ । विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा यहाँ विभिन्न स्थानमा गुड्ने सवारी साधनको नियमित प्रदूषण जाँच गर्दै आएको हो । उपत्यकामा वायुको गुणस्तर सुधार गर्ने उद्देश्यले सडकमा गुडिरहेका सवारी साधनले तोकिएको मापदण्ड पालना गरेरनगरेको यकीन […]

स्वच्छ प्रशासनको नयाँ संकल्प: वैशाख २८ देखि देशभर ‘सरसफाइ सप्ताह’ मनाइने

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। यस राष्ट्रिय अभियानको औपचारिक उद्घाटन […]

द्धन्द्धग्रस्त र उच्च जोखिममा रहेका नेपाली श्रमिकहरूको ’डिजिटल प्रोफाइल’ तयार गरिने

काठमाडौं । परराष्ट्र मन्त्रालयले द्धन्द्धग्रस्त र उच्च जोखिममा रहेका नेपाली श्रमिकहरूको ’डिजिटल प्रोफाइल’ तयार गर्ने बताएको छ । मन्त्रालयले श्रमिक सुरक्षा र आपतकालीन व्यवस्थापन शीर्षकमा उक्त काम गर्ने बताएको हो । द्वन्द्वग्रस्त वा उच्च जोखिमयुक्त क्षेत्रमा रहेका नेपाली श्रमिकहरूको ’डिजिटल प्रोफाइल’ र स्थानगत तथ्याङ्क तत्काल अद्यावधिक गर्ने तयारी गरिएको मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले […]

हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा गिरावट

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा घटेको छ। इन्स्योरेन्सको नाफा ४४.६५ प्रतिशतले घटेर २६ करोड १४ लाख ४४ हजार रुपैयाँ पुगेको छ। गत आवमा कम्पनीको नाफा ४७ करोड २४ लाख रुपैयाँ थियो। कर्जा र लगानीबाट हुने आम्दानी घटेपछि नाफा घटेको […]

युद्ध अन्त्यको प्रयास अलमलमा, कतारी ग्यास ट्यांकर स्ट्रेट अफ होर्मुजतर्फ

काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने प्रयासमा प्रगति हुन नसकिरहेका बेला कतारको ग्यास बोकेको एक ट्यांकर स्ट्रेट अफ होर्मुजतर्फ अघि बढेको छ । यसले युद्धग्रस्त क्षेत्रमा कूटनीतिक प्रयास र समुद्री सुरक्षालाई लिएर नयाँ चासो बढाएको छ । अमेरिका र इरानबीच दुई महिनाभन्दा लामो युद्ध अन्त्य गर्ने प्रयास जारी रहे पनि हालसम्म कुनै ठोस […]