पूर्वमन्त्रीसहित पाँच जनाको जमानत जफत

बाजुरा।  यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणमा आइतबार सार्वजनिक भएसँगै निर्वाचनमा उम्मेदवार बनेका पाँच जनाको धरौटी जफत भएको छ । निर्वाचनमा भाग लिएका आठ जना उम्मेदवारमध्ये पाँच जनाले ‘थ्रेस होल्ड’ कटाउन नसकेपछि उनिहरूको जमानत जफत भएको हो । निर्वाचन ऐनको परिच्छेद–१० को विविध खण्डअन्तर्गत दफा ६४ मा व्यवस्था भएबमोजिम, पहिलो […]

समानुपातिकतर्फको मतगणना जारी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ । अपराह्न ३ बजेसम्म ९० लाख ८४ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४३ लाख ९० हजार ३५ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १४ लाख ७० हजार ७९६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १२ लाख ३१ हजार ७८९, नेपाली कम्युनिष्ट पार्टीले ६ लाख […]

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

काठमाडौं ।काठमाडौं महानगरपालिकाले गैरनेपाली नागरीसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई आग्रह गरेको छ । कामपाले केही सहकारीहरूले विदेशी नागरिकलाई सहकारी संस्थाको सदस्य बनाई आर्थिक कारोबार गर्ने गरेको गुनासो आएको भन्दै कामपाले उक्त कार्य तत्काल बन्द गर्न सबै सहकारी संस्थालाई आग्रह गरेको हो । कामपा सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार गैरनेपाली नागरिकलाई कुनै पनि सहकारी […]

राष्ट्रिय सभाका नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ लिएका छन् । अहिले दिउँसो सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन् । विशेष समारोहका बीचमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नव निर्वाचित सदस्यहहरूलाई शपथ गराएका छन् । माघ ११ गते भएको निर्वाचनमा १८ जना […]

महोत्तरीमा २० हजार मत बदर

जलेश्वर । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना परिणामअनुसार प्रत्यक्षतर्फ महोत्तरीमा २० हजार मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम प्रतिवेदनमा जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा गरी १९ हजार ९३५ मत बदर भएको हो । क्षेत्रगत रूपमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा तीन हजार ९५४, निर्वाचन क्षेत्र नम्बर २ मा […]

पर्वतमा समानुपातिकतर्फ रास्वपाकै फराकिलो बहुमत

पर्वत।पर्वतमा समानुपातिक निर्वाचनतर्फ मतगणना सम्पन्न भएको छ । सोमबार सम्पन्न अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलको तुलनामा दोब्बरभन्दा बढी मत प्राप्त गरेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्नले ३० हजार ७३५ मत पाएको छ । यसैगरी दोस्रोमा नेपाली कांग्रेसले १३ हजार ८७४ र तेस्रोमा नेकपा ९एमाले० […]

कञ्चनपुरमा छ प्रतिशत मत बदर

दोधारा चाँदनी।  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरमा ६.८५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ । क्षेत्र नम्बर १ मा ६० हजार ७८५ मत खसेकोमा तीन हजार ७३४ मत बदर भएको छ । यो क्षेत्रमा कूल एक लाख एक हजार ७२४ मतदाता रहेका थिए । निर्वाचन क्षेत्र नम्बर २ […]

शिक्षा, युवा नेतृत्व र सामाजिक अभियानबाट संसद्सम्म पुग्नुभएका राजन गौतम

मध्यविन्दु ।  नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजन गौतम शिक्षा, युवा नेतृत्व र सामाजिक अभियानमार्फत स्थापित व्यक्तित्वका रूपमा चिनि छन् । हालै सम्पन्न निर्वाचनमा ५० हजार ९४५ मत प्राप्त गर्दै संसद् पुगेका गौतमले नेपाली कांग्रेसका बालकृष्ण घिमिरेलाई ३४ हजार ६५२ मतान्तरले पराजित गरेका थिए […]

स्थिर सरकार बन्ने भएसँगै लगानीकर्ताको मनोबल बढ्यो, निर्वाचन लगत्तै खुलेको सेयर बजारमा २ वर्षयताकै उच्च वृद्धि

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन सकिएलगत्तै खुलेको सेयर बजारमा उच्च वृद्धि देखिएको छ । रास्वपाले अत्याधिक सिट जितेसँगै ५ वर्षसम्म स्थिर सरकार बन्ने भएपछि लगानीकर्ताको मनोबल उच्च बढेको जानकारहरु बताउँछन् । त्यसैले निर्वाचन सकिएलगतै खुलेको बजारमा सकारात्मक सर्किट लागेको हो । सोमबार (फागुन २५ गते) नेप्से सूचक ६ प्रतिशतले बढेर बन्द भएको हो । मार्केट १६२.९३ […]

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध 

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (PAN) र ईमेल ठेगाना (Email Address) अद्यावधिक गर्न अनुरोध गर्दछ । बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहक महानुभावहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com […]