भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

नारायणगढ।  देशकै सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ आज भरतपुरमा उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गरे । स्थानीय सरकार गठनपछि गौरवको आयोजनाका रूपमा अघि बढाइएको ८८ दशमलव ६ किलोमिटर लामो चक्रपथ निर्माण कार्य सात वर्षअघि सुरु गरिएको थियो । विभिन्न चरणमा सम्पन्न हुँदै […]

बजेटको अर्धवार्षिक समीक्षाको लागि समिति गठन, यस आर्थिक वर्ष पनि बजेटको आकार पुर्नगठन हुने निश्चित

काठमाडौं । अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षाको लागि समिति गठन गरेको छ । चालु आर्थिक वर्षको छ महिना बित्न लाग्दा मन्त्रालयले बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारीमा समिति गठन गरेको हो । चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षाका लागि बजेट तथा कार्यक्रम महाशाखा प्रमुख तथा सहसचिव सुमन दाहालको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले ६ महिने […]

गण्डकीमा चुनावी गतिविधि बढ्दै

गण्डकी । प्रतिनिधिसभा सदस्य चुनाव आउन मात्र ५१ दिन बाँकी छ । मतदानको दिन नजिकिएसँगै जिल्लाजिल्लामा चुनावी गतिविधि बढ्न थालेको छ । चुनावलाई लक्ष्य गरी राजनीतिक दलहरूले सक्रियता बढाएका छन् । निर्वाचन कार्यालयहरू उम्मेदवारको मनोनयन दर्तादेखि अन्य व्यवस्थापकीय तयारीमा जुटेका छन् । सुरक्षा निकाय चुनावी सुरक्षा योजना निर्माण र कार्यान्वयनमा केन्द्रित बनेको छ । प्रदेश […]

कोरला नाकाबाट २ करोड २४ लाखका भेप बरामद

मुस्ताङ । कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय चुरोट (भेप) बरामद भएको छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र मुस्ताङ भन्सार कार्यालयले सोमबार साँझ ना ६ ख ७५९१ नम्बरको कन्टेनरबाट १६ हजार थान भेप बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कन्टेनर र त्यसका चालक सिन्धुपाल्चोकको सुनकोशी […]

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलित

दार्चुला। अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । आयोजना प्रभावित क्षेत्रका नागरिकलाई सेयर दिनुपर्ने मागसहित स्थानीय आन्दोलित भएका हुन् । हाइड्रोपावर कम्पनीले सेयर जारी गर्ने तयारी गरिरहेको अवस्थामा स्थानीयले प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था सिर्जना भएको आरोप लगाउँदै मकरीगाड सेयर […]

जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

नारा (जापान) । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मङ्गलबार पश्चिमी जापानको ऐतिहासिक सहर नारामा जापानी प्रधानमन्त्री साने ताकाइचीसँग शिखर सम्मेलनका लागि भेटवार्ता गरेका छन् । कहिलेकाहीँ तनावपूर्ण रहने द्विपक्षीय सम्बन्ध सुधार गर्ने लक्ष्यसहित आयोजित यस भेटमा व्यापार, क्षेत्रीय सुरक्षा तथा चीन र उत्तर कोरियाबाट उत्पन्न चुनौतीहरू प्रमुख एजेन्डा बनेका छन् । टोकियोले चीनसँग गहिरिँदो […]

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–७ स्थित श्री बगौली माध्यमिक विद्यालयमा अध्यापन गर्ने यादव शिक्षण पेसासँगै कृषि कर्मलाई आत्मसात् गर्दै ‘आत्मनिर्भर जीवन’ को उदाहरण बनेका छन् । कार्यालय समयमा विद्यालय पुग्ने, कक्षाकोठामा ज्ञान बाँड्ने र […]

अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय ३ महिनाका लागि बन्द

अदानचुली (हुम्ला)। हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । अत्यधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र अन्य सामग्रीको आयात रोकिएर कारोबार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको हो । यही पुसबाटै चीनको ताक्लाकोटबाट व्यापारी र सामानहरु आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाट यारी नाका भन्सार कार्यालय बन्द […]

राष्ट्र बैंकले आजपनि २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक वर्षका लागि बजारबाट २० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८३ ज’ जारी गरी उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । बिहीबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । […]

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य १ हजार ८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ थियो । चाँदी पनि १४५ बढेर नयाँ रेकर्ड राखेको छ […]