काठमाडौंमा २७.५ किमि मेट्रो रेलको डीपीआर बनाउन अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीसँग आवेदन माग
काठमाडौं । काठमाडौं उपत्यकामा प्रस्तावित मेट्रो रेल परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सरकारले अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीहरूबाट आवेदन माग गरेको छ। रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले सार्वजनिक सूचना जारी गर्दै २७.५ किलोमिटर लामो रेलमार्गको डीपीआर तयारीका लागि अन्तर्राष्ट्रिय स्तरको ‘आशयपत्र’ (Expression of Interest) आह्वान गरेको जनाएको हो। प्रस्तावित रेलमार्ग नारायणगोपाल चोकबाट सुरु […]

