शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४ गते हुँदैछ । ‘मिनी संसद्’ का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ । निर्वाचन कार्यक्रमअनुसार बिहीबार अपराह्न १ देखि ४ बजेसम्म ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ । सभापतिको […]

