CLI

आज पनि घट्यो शेयर बजार,साढे २१ करोडले घट्यो कारोबार रकम

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे पछि बिहीबार पनि शेयर बजार घटेको छ । बिहीबार १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स २.४९ अंकले घटेर ४५४.१९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.२१ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.९० अंकले घटेको हो ।यसअघि बुधबार पनि उच्च अंकले शेयर बजारमा गिरावट आएको थियो ।

बिहीबार ३६१ वटा कम्पनीको ८७ लाख ५१ हजार ३८० कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ६१ करोड १९ लाख लाख पुगेको छ । जुन बुधबारको तुलनामा २१ करोड ४१ लाखले कम हो । बुधबार ४ अर्ब ८२ करोड ६० लाख बराबर कारोबार भएको थियो ।

यसदिन १३ उपसमूह सबै घटेको छ । बैंकिङ ७, विकास बैंक ६२, वित्त १५,होटल र पर्यटन ५६, जलविद्युत २६, लगानी ०.९१, जीवन बीमा ७३, उत्पादन र प्रशोधन १२४, लघुवित्त ३२, म्युअुचल फण्ड ०.२५, निर्जीवन बीमा ७१, व्यापार ७९ र अन्य समूह ४ अंकले घटेको छ ।
यसदिन ४२ वटा कम्पनीको शेयर मूल्य बढ्दा २२९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यसदिन सर्वाधिक कमाउनेमा उपकार लघुवित्त, स्नो रिभर लिमिटेड र प्राइम डिबेन्चर २०८४ रहे भने सर्वाधिक गुमाउनेमा बैंक अफ काठमाडौं २०८६, साल्पा विकास बैंक, थ्रिस्टार हाइड्रोपावर रह्यो । उपकार लघुवित्त ३ हजार २००, स्नो रिभर लिमिटेड ८७९ र प्राइम डिबेन्चर २०८४ को १ हजार १४९ अन्तिम कारोबार रकम रह्यो भने । बैंक अफ काठमाडौं २०८६ को ११३९ , साल्पा विकास बैंक ८७५ र थ्रिस्टार हाइड्रोपावर ३४९ अन्तिम कारोबार मूल्य रह्यो ।

Leave Your Comment

Related News