नेपालमा २० प्रतिशत जनसङ्ख्या अझै गरिब: सुदूरपश्चिममा सबैभन्दा धेरै, गण्डकीमा कम

काठमाडौं । नेपालमा अझै पनि २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘गरिबीको लघुक्षेत्र अनुमान–२०२३’ प्रतिवेदन अनुसार ग्रामीण क्षेत्रमा गरिबीको समस्या सहरी क्षेत्रको तुलनामा बढी देखिएको छ। ग्रामीण भेगमा २४ दशमलव ६६ प्रतिशत र सहरी क्षेत्रमा १८ दशमलव ३४ प्रतिशत मानिस गरिब रहेको […]

धनुषामा ४ हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने

धनुषा ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चार हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले धनुषाका चार निर्वाचन क्षेत्रमा खटाउन योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसँग समन्वय गर्दै […]

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए ।

आइतबार सुनचाँदीको भाउमा उच्च वृद्धि

काठमाडौं । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको […]

एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’

काठमाडौं । एनसेलले जेन–जी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ संचालनमा ल्याएको छ । विद्यार्थीहरूलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धता बमोजिम ल्याइएको यो प्याकले युवा वर्गलाई मोबाइल कनेक्टिभिटीमार्फत सधैं जोडिराख्ने उद्देश्य राखेको छ । सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुरा गरी यो सिम […]

ला आसिएन्दाले काठमाडौँमा भित्र्यायो जीवन्त स्वाद र आकर्षक डिजाइनसहितको ल्याटिन अमेरिकी उत्साह

काठमाडौं । काठमाडौँको मोक्सी होटलमा आधुनिक ल्याटिन अमेरिकी डाईनिंग र ककटेल अनुभव प्रस्तुत गर्ने हेतुले ला आसिएन्दा बार्रा ई कोसिना लाटिना सञ्चालनमा आएको छ। मेक्सिकन आसिएन्दाबाट प्रेरित तर आधुनिक प्रारूपमा तयार गरिएको यस रेस्टुरेन्टले खाना, ककटेल, कला र डिजाइनलाई एकै ठाउँमा समेटेको छ । पाब्लो कास्टेलानोस स्टुडियोद्वारा तयार गरिएको यसको इन्टेरियर डिजाइनले परम्परागत आसिएन्दा वास्तुकलालाई […]

राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरेका छन् । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उनको योगदानको सम्मान गरे । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेको थियो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री […]

साझा पावर कम्पनीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं ।  साझा पावर कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारणसभा होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीको संचालक समितिको अध्यक्ष कुवेरमणी नेपालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ । त्यसै सभाले लेखा परीक्षण प्रतिवेदन सहितको आषाढ ३२, २०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह […]

युनाइटेड इदी मर्दीको साधारणसभा आज, लाभांश प्रस्ताव पारित गर्ने 

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीको १६ औँ वार्षिक साधारणसभा आज पुस २७ गते कास्की जिल्लाको पोखरास्थित आभ्या क्लबमा बिहान ११ बजेदेखि सुरु हुने छ । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ […]

ढोरपाटनका विद्यार्थीको पीडाः कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

बागलुङ। अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न थालेको छ । बिहानपख तुसारोले बाटो छेक्दा हिँडडुलमा पनि समस्या हुने गरेको छ । बिहानमा तुसारो पर्ने र दिउँसो सिरसिर चलिराख्ने सेरेटोले स्थानीयको दैनिकी प्रभावित बनेको छ । यस्तो चिसोमा पनि यहाँका विद्यालय सञ्चालनमा छन् । केही विद्यालय घुम्ती पढाइका लागि बेँसी झरे पनि ज्योति […]