यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७५, गोलभेँडा साना (टनेल) रु ९१, आलु रातो (लाम्चो) प्रतिकिलो रु […]

मेची–महाकाली उद्धार यात्राबाट ४८ सडकआश्रित मानव उद्धार

सुनसरी । मानव सेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत कोशी प्रदेशबाट ४८ जनाको उद्धार गरिएको छ । सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरिएकामध्ये ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । झापाबाट नौ जनाको उद्धार गरिएकामा चार पुरुष, पाँच महिला, मोरङबाट सात जना जसमा […]

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग निर्माण भएको छ । नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य हो । पदमार्ग बनेपछि झरना अवलोकन गर्न आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकार र अन्नपूर्ण गाउँपालिकाको रु २७ लाख बजेटमा उपभोक्ता समितिमार्फत […]

रिलायबल समृद्धि योजना २ को इकाई खरिदका लागि आवेदन दिने अवधि लम्बियो

काठमाडौं । रिलायबल समृद्धि योजना २ को इकाइ खरिद गर्ने समय थप भएको छ । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले बैशाख २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष रिलायबल समृद्धि योजना २ को इकाई खरिदका लागि आवेदन दिने अवधि लम्बिएको हो । सो योजनाको इकाई खरिदका लागि अब जेठ १२ गतेसम्म आवेदन […]

लघुबिमा कम्पनीहरुको नाफामा ११ प्रतिशतको वृद्धि, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । सञ्चालनमा रहेका ७ वटा जीवन र निर्जीवन लघु बिमा कम्पनीहरुले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार लघु बिमा कम्पनीहरुको ६ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनमा ११.५३ प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा लघु बिमाहरुले […]

स्नो रिभर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख २९ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने आज (जेठ १ गते) अन्तिम दिन रहेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ […]

पञ्जाब फेरि पराजित, तिलकको अर्धशतकमा मुम्बइ विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको छ । धर्मशालामा सम्पन्न खेलमा मुम्बइ ६ विकेटले विजयी भएको हो । पहिले ब्याटिङ गरेको पञ्जाब किङ्सले २० ओभरमा ८ विकेट गुमाउँदै २०० रन बनायो । टोलीका लागि प्रियम्सश आर्य र प्रभसिमरन सिंहले राम्रो सुरुआत दिलाए । प्रभसिमरनले ५७ रनको […]

यस्तो छ आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता पेस गरेका छन्। अर्थमन्त्री वाग्लेले ४० बुँदामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन्। यस्तो छ पूर्णपाठ : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता १. सक्षम, न्यायपूर्ण र समुन्नत नेपालको आकाङ्क्षा बोकेका परिवर्तनकामी युवाहरूको आन्दोलन र उत्सर्गको जगमा सम्पन्न आमनिर्वाचनबाट प्राप्त अभूतपूर्व जनादेश […]

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भेगमा आंशिक बदली भएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा […]

डलर र पाउण्डको मूल्य बढ्यो, युरोको घट्दा कुनदेशको विनिमयदर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा रहेको थियो । यस्तै, […]