एलिना चौहानको नयाँ गीत ‘इन्दिरा’ सार्वजनिक
काठमाडौं । जिके पोख्रेलको शब्द र सङ्गीतमा नृत्यप्रधान गीत ‘इन्दिरा’ सार्वजनिक भएको छ । ‘इन्दिरा’ बोलको गीतमा एलिना चौहान र जिके पोख्रेलको स्वर रहेको छ । म्युजिक नेपालमा रेकर्ड गरिएको गीतको रेकर्डिङ नकुल कार्की र अनिल अधिकारीले गरेका हुन् । प्रकाश खरेलले सङ्गीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेको गीत म्युजिक नेपालकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ […]

