थाहा पाउनुहाेस् आजका लागि कुन तरकारीकाे मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४०, आलु रातो (गोलो) प्रतिकिलो […]

बैरो संघको अध्यक्षमा डिकबहादुर खत्री र महासचिवमा हरि डागी निर्वाचित

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुप्रतीक्षित निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । अध्यक्ष पदमा नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका उम्मेदवार डिकबहादुर खत्री ‘कुमार’ विजयी भएका छन् । खत्रीले आफ्ना दुवै प्रतिस्पर्धीलाई स्पष्ट मतान्तरले पराजित गर्दै संघको नेतृत्व आफ्नो पक्षमा पारेका हुन् । आइतबार सम्पन्न मतदानको मतगणना राति अबेर […]

फिलिपिन्समा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी

काठमाडौं । फिलिपिन्सको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापान लगायतका देशले सुनामीको चेतावनी जारी गरेका छन् । आज बिहान फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओमा अवस्थित शहरको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । शक्तिशाली भूकम्पसँगै समुद्रमा ठूलाछाल आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका […]

साल्पा विकास बैंकको साधारणसभा असार १५ गते, लाभांश सम्बन्धी छैन प्रस्ताव

काठमाडौं । साल्पा विकास बैंकले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले असार १५ गते १४ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा खोटाङको दिक्तेत रुपाकोट मझुवागढी नगरपालिका २ मा रहेको शुभम फाउण्डेसनको परिसरमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभामा सञ्चालक समितिले तयार […]

बेरुतमा इजरायलले आक्रमण गरेपछि उत्तरी इजरायलतर्फ इरानको मिसाइल आक्रमण

काठमाडौं । इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेपछि इरानले उत्तरी इजरायलतर्फ मिसाइल आक्रमण गरेको छ । यसले मध्यपूर्वमा भइरहेको तनावलाई थप चर्काएको छ । अधिकांश मिसाइलहरू इजरायलको हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको दाबी गरिएको छ । इरानी आक्रमणको केही घण्टाअघि इजरायलले बेरुतको दहियेह क्षेत्रमा रहेका हेजबुल्लाहलक्षित हवाई आक्रमण गरेको थियो । अमेरिकाको […]

पूर्वाधार विकासको प्रतीक्षामा दोमुख

हुम्ला। हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला–कर्णाली तथा मुगु–कर्णाली नदीको संगमस्थल ‘दोमुख’ पर्यटकीय तथा व्यावसायिक दृष्टिले महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ । कर्णाली करिडोरसँग जोडिएको दोमुख हुम्लाको अदानचुली गाउँपालिका–१ मा पर्दछ भने हुम्ला कर्णाली नदीपारिको क्षेत्र मुगुको सोरु गाउँपालिका–३ मा पर्छ । हुम्लातर्फ रहेको दोमुख बजार अदानचुली गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमध्ये एक […]

स्वास्थ्य बीमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै

काठमाडौं । स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बीमा भुक्तानी अब सहज हुन थालेको छ । वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी रहेको बीमाबापतको रकम भुक्तानीले तीव्रता पाएको हो । पछिल्लो सातामात्र सरकारले स्वास्थ्य बीमाबापत रु एक अर्ब तीन करोड सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ । […]

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं । सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको र त्यसले विदेशी पर्यटकमा नकारात्मक असर परेको जनाउँदै सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ । सङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “विसं २०८५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेसँगै हिमाली क्षेत्रमा देखिएको असुरक्षाप्रति आरोही मर्माहत भएका छौँ । नेपाल […]

अर्थले नियमवली विपरित गर्छ लाखौं रकम रकमान्तर

काठमाडौं । अर्थ मन्त्रालयले नियम विपरित लाखौं रकम रकमान्तर गर्ने गरेको छ । मन्त्रालयले आन्तरिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२(१) मा विपरित पहिलो त्रैमासिक अवधिमा लाखौं रकम रकमान्तर गरेको छ । आन्तरिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२(१) मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था […]

भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस

काठमाडौं । भुटानको पुनाखालाई केन्द्रबिन्दु बनाएर आइतबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार राति ११ः२१ बजे गएको भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु भुटानको पुनाखाबाट ५ किलोमिटरको दूरीमा रहेको प्रारम्भिक अनुमान गरिएको छ । यस भूकम्पको प्रभाव भुटानका साथै नेपाल, भारत, बंगलादेश र चीनमा समेत परेको छ । राष्ट्रिय […]