CLI

एभरेष्ट कलरको ३० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । एभरेष्ट कलर लिमिटेडको ३० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले सर्वसाधारणलाई आइपीओ मार्फत बिक्री गरेको ७ लाख ९० हजार कित्ता साधारण सेयर र २२ लाख १० हजार कित्ता संस्थापक सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ ।

एभरेष्ट कलरको सेयर दोस्रो बजारमा साउन १ गतेदेखि कारोबारमा आउनेछ । यसको ओपनिङ रेङ १०० देखि ३०० रुपैयाँ तोकिएको छ । सोही सीमा भित्र रहेर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीलाई ‘इसीएल’ सिम्बोल प्रदान गरेको छ ।

Leave Your Comment

Related News