सरकारको नाममा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति लिलाम गर्ने दुई जना पक्राउ

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानूनी रूपमा लिलामी गर्न खोजेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुरको झम्सिखेल बस्ने ५५ वर्षीया पलिना श्रेष्ठ र काठमाडौंको धापासी बस्ने ६२ वर्षीय नरेन्द्र उलाक रहेका छन्। नियमानुसार अनुमतिपत्र नवीकरण नगरेका कारण नेपाल दूरसञ्चार प्राधिकरणले २०८० वैशाख […]

‘सहकारी क्षेत्रमा तत्काल सुधार गर्न आवश्यक भएकाले अध्यादेश जारी गर्नुपरेकाे हाे’ : सचिव भुजेल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी अध्यादेश जारी गर्दा अभियानसंग पर्याप्त छलफल गर्न नसकेको स्वीकार गरेका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले आज आयोजना गरेको ‘सहकारी अध्यादेश र यसले पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिकोरुपमा बोल्दै संसदको नियमित प्रक्रियाबाट ऐन संशोधन गर्न लामो समय लाग्ने भएकाले […]

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । सहकारी ऐन २०७४ तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बनधी मापदण्ड २०८३ अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो । अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर […]

स्थानीय तहले पनि अब कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने

काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहहरूलाई पनि कम्पनी दर्ता गर्न र शेयर खरिद गरी स्वामित्व लिन सक्ने बाटो खुला गरेको छ । कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न स्थानीय तहहरूबाट सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना र शेयर लगानीका लागि अनुरोध भई आएको सन्दर्भमा यस्तो निर्णय गरिएको जनाएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयको […]

वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन् । मनमोहन स्मृति प्रतिष्ठानले शनिबार यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । “यसका लागि ज्येष्ठ नागरिकले गरेका काम, कारवाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तरक्रियामार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्छ […]

राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’

महेन्द्रनगर । दश दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन ‘हल्कारा’ तयारी अवस्थामा छन् । हुलाक कार्यालयमा आएका चिठी, पत्रपत्रिका र पार्सल सम्बन्धित व्यक्तिको हातमा पुर्‍याउने श्रेणीविहीन कर्मचारीलाई ‘हल्कारा’ भनिन्छ । जिल्ला हुलाक कार्यालयले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’ सञ्चालन गरिरहेका बेला […]

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले शर्मालाई सो पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा उजुरी दिन सार्वजनिक आह्वान गरेको हो । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले शर्माविरुद्ध उजुरी आह्वान गरेको हो । यसअघि बिहीवार बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस […]

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र ४ जना सदस्यका लागि आवेदन खुला

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज प्राधिकरणको १ जना अध्यक्ष र ४ जना सञ्चालकमा दरखास्त आह्वान गरेको हो । यी पदहरूमा नियुक्तिका लागि इच्छुक र योग्य नेपाली नागरिकहरूले आगामी २०८३ साल जेठ ५ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । […]

उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन्,तपाईंहरु हाम्रो साझेदार हो: अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने, “निजी क्षेत्रका व्यवसायीलाई थुन्ने धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन् रहोइन। तपाईहरु हल्लाको पछि नपर्नुस् तपाईहरु हाम्रो साझेदार हो।” कार्यक्रममा बोल्दै अर्थमन्त्री […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २८ र आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) […]