प्रधानमन्त्री शाहद्वारा शैक्षिक संस्थाहरुमा दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरु तत्काल हटाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उहाँले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री शाहले शैक्षिक […]

निर्यात वृद्धि भएपनि व्यापार घाटा १२ खर्ब नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन–चैत) मा आयात र निर्यात दुवै बढेको छ । चालू आवको ९ महिनामा १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँको आयात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको आयात […]

अमेरिकाले जहाज कब्जा गरेपछि इरानद्वारा प्रतिकारको चेतावनी

काठमाडौं । हालको अन्तर्राष्ट्रिय परिस्थितिमा मध्यपूर्व एक गम्भीर संकटको केन्द्र बनेको छ । अमेरिका र इरानबीचको बढ्दो तनाव, समुद्री मार्गमा देखिएको अवरोध, र कूटनीतिक वार्तामा आएको अविश्वासले विश्व राजनीतिलाई नयाँ जोखिमतर्फ धकेलेको छ । विशेषगरी स्ट्रेट अफ हार्मोज वरिपरि विकसित घटनाक्रमले ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय व्यापारलाई गम्भीर रूपमा प्रभावित गरेको छ । हालैको घटनामा अमेरिकी […]

‘लिफ्टिङ’ सिँचाइ योजनाले बदलियो मटेरा गाउँको मुहार

दाङ । तुलसीपुर उपमहानगरपालिका–१४ मटेराकी ५५ वर्षीया माइली चौधरी कृषि पेसामा संलग्न छिन् । उनले यसपटक १५ क्वीन्टल तोरी उत्पादन गरी दुई लाख रूपैयाँभन्दा बढी आम्दानी गरेकी छन् । तोरीबाट मात्र होइन उनले चना, केराउ र मुसुरो खेतीबाट राम्रै आम्दानी गरेकी छन् । उनले त्यही जमिनमा यसअघि खेती गर्दा अहिले जस्तो आम्दानी गर्न सकेकी थिइनन् […]

राष्ट्र बैंकले मुद्दती निक्षेपमा १० अर्ब रुपैयाँ लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको हो । उक्त निक्षेप ३६६ दिनको अवधिका लागि रहनेछ। निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले […]

उत्तरी जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी पनि जारी

काठमाडौं । उत्तरी जापानमा शक्तिशाली भूकम्प गएको छ, जसका कारण सुनामी चेतावनी पनि जारी गरिएको छ । जापान मौसम विज्ञान एजेन्सीका अनुसार ७.५ म्याग्निच्युडको भूकम्प इवाते प्रिफेक्चरको सानरिकु तट नजिक सोमबार साँझ ४:५२ बजे गएको हो । भूकम्पपछि इवाते प्रिफेक्चर तथा होक्काइदो र आओमोरीका केही भागहरूमा ३ मिटर सम्मको सुनामी आउन सक्ने चेतावनी जारी गरिएको […]

सरकारले प्रदेश संरचना खारेज गर्न चाहे राप्रपाले साथ दिन्छ : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताएका छन्। सोमबार पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश संरचना खारेज गर्नका लागि सरकारलाई दुई तिहाई मत चाहिए आफ्नो पार्टीले साथ दिने बताएका हुन्। ‘ हामीले प्रदेश संरचना खारेज गर्नुपर्छ भनेर संसदमा […]

नेप्सेमा मिथिला लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक  एक्सचेन्ज (नेप्से)मा मिथिला लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । लघुवित्तको  ३ लाख १९ हजार १०४ कित्ता बोनस सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर दिएको थियो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको यस महालक्ष्मी विकास बैंकले आफ्नो फोनपे क्यूआर मर्चेन्ट नेटवर्क मार्फत यूनियनपे वालेट प्रयोगकर्ताबाट नेपाल भित्रै क्यूआर कोड मार्फत भुक्तानी स्वीकार गर्ने सुविधाको शुरुवात गरेको छ । यस प्रकारको सेवा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा फोनपे मार्फत लागू गरिएको हो । यस सुविधाको शुरुवातसँगै यूनियनपे डिजिटल […]

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने

सोलुखुम्बु  । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यहाँको माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहनेगरी सो आयोजना प्रस्ताव गरिएको हो । आयोजनाको विद्युतगृह माप्य दुधकोशी गापा–४ काँकुखोला र दुधकोशी नदीको सङ्गमबाट ७३० मिटर माथि रहनेछ । आयोजना निर्माण सम्पन्न भएपछि राष्ट्रिय […]