निर्वाचन आयोगले भन्यो– फागुन २७ सम्म प्रत्यक्ष र समानुपातिकको सबै मतगणना सकिन्छ
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको जनाएको छ। आयोगका अनुसार फागुन २७ गतेसम्म प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सम्पन्न हुने अपेक्षा गरिएको छ। आयोगका अनुसार हाल प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १५५ क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी १० क्षेत्रको मतगणना जारी रहेको छ। मतगणना भइरहेको क्षेत्रको परिणाम […]

