भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती
चितवन । चितवनको भरतपुर महानगरपालिका–१५, श्रीपुरका किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले सूर्यमुखीखेती लगाएका छन् । अधिकारीका अनुसार दुई वर्षअघि पनि सोही बाली लगाउँदा दाना तथा तेलको उच्च माग देखिएको र बाली चक्र प्रणालीअनुसार सूर्यमुखी उपयुक्त ठहरेकाले यस वर्ष फेरि सूर्यमुखी लगाइएको हो । उनले भने, ‘पाँच दिनसम्म […]

