तेल उत्पादन उद्योगलाई भन्सार महसुलमा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले तेल उत्पादन गर्ने उद्योगलाई आवश्यक कच्चा पदार्थ आयात गर्दा भन्सार महसुलमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । आर्थिक विधेयक, २०८३ मा छुटको व्यवस्था गरिएको उल्लेख छ । बजेटअनुसार उपशीर्षक १२०१.९०.०० मा पर्ने भटमासको गेडा, १२०५.१०.०० मा पर्ने तोरी, रायो र क्यानोला (रेप्सिड) का गेडा, १२०६.००.०० मा पर्ने सूर्यमुखीका गेडा तथा १२०७.५०.०० […]

प्रतिनिधि सभाको बैठक आइतबार बस्ने

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबार सम्मका लागि स्थगित भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त सदनमा आर्थिक वर्षको आय व्यय विवरण पेस गरेपछि बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. वाग्लेले बजेटसम्बन्धी प्रतिवेदन पेस गरेका थिए। त्यसपछि सभामुख अर्यालले प्रतिनिधि सभा बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।

विद्युतिय सवारी चार्जिङ मेसिन उद्योगलाई अन्तःशुल्क छुट दिइने

काठमाडौं । सरकारले विद्युतिय सवारी साधन चार्जिङ मेसिन उत्पादन वा एसेम्बल गर्ने उद्योगलाई अन्तःशुल्क छुट दिने व्यवस्था गरेको छ। आर्थिक वर्ष २०८३/८४ को आर्थिक विधेयक, २०८३ मा स्तो घोषणा गरिएको हो । बजेटअनुसार उद्योग विभागको सिफारिसमा त्यस्ता उद्योगहरूले पैठारी गर्दा लाग्ने अन्तःशुल्कमा छुट पाउनेछन्। सरकारले यस नीतिलाई विद्युतीय सवारी पूर्वाधार विकास तथा स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने […]

वार्षिक ३० लाखसम्म कारोबार गर्नेलाई विद्युतीय सेवा करमा छुट

काठमाडौं । सरकारले वार्षिक ३० लाखसम्म कारोबार गर्नेलाई विद्युतीय सेवा करमा छुट दिएको छ । सरकारले आर्थिक विद्येयक २०८३ मार्फत् उक्त छुट प्रदान गरेको हो । गैरबासिन्दा व्यक्तिले नेपालमा रहेका प्रयोगकर्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्य तथा गैरबासिन्दा व्यक्तिले नेपालमा रहेका प्रयोगकर्ताबाट सङ्कलन गरेको तथ्याङ्क बिक्रीको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर […]

सवारी साधन एसेम्बल उद्योगलाई अन्तःशुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । सकारले सवारी साधन एसेम्बल गरी उत्पादन गर्ने उद्योगलाई अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। आर्थिक वर्ष २०८३/८४ को आर्थिक विधेयक, २०८३ मा  अनएसेम्बल्ड अवस्थाका सवारी साधनहरू आयात गर्दा लागू हुने अन्तःशुल्कमा छुट दिइने जनाएको छ ।  यसअन्तर्गत HS कोड ८७.०२, ८७.०३ र ८७.११ अन्तर्गत पर्ने सवारी साधनहरूमा यो सुविधा लागू हुनेछ। […]

सरकारले सार्वजनिक गर्यो आर्थिक विद्येयक , मूल्य अभिवृद्धि कर ऐन, आयकर ऐन र अन्तःशुल्क ऐनमा संशोधन

काठमाडौं । सरकारले आर्थिक विद्येयक २०८३ सार्वजनिक गरेको छ । उक्त विद्येयकमार्फत् सरकारले मदिरा ऐन, २०३१, मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८, अन्तःशुल्क ऐन, २०५८, भन्सार महसुल ऐन, २०८१ र भन्सार ऐन, २०८२ लाई समयानुकूल संशोधन गरेको छ । नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न केही महसुल, कर, शुल्क तथा दस्तुर लगाउने, प्रचलित […]

प्रदुषण नियन्त्रण शुल्क पेट्रोल तथा डिजेलमा प्रति लिटर १ रुपैयाँ ५० पैसा

काठमाडौं । प्रदूषण नियन्त्रण शुल्कवापत् नेपालभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रति लिटर एक रुपैयाँ पचास पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क लगाई असुल गर्ने भएको छ । सरकारले उक्त शुल्क पैठारीकर्तासँग लिने गरी अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा दाखिला गर्नु पर्नेछ । सो अवधिभित्र शुल्क दाखिला नगरेमा सम्बन्धित पैठारीकर्ताबाट वार्षिक १५ प्रतिशत ब्याज […]

मदिरा र चुरोटमा कर बढ्यो

काठमाडौं । सरकारले मदिरा र चुरोटको कर बढाएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कर बढाएको बताएका छन्। सरकारले चुरोटमा करिब १० प्रतिशतसम्म र मदिरा तथा बियरमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको हो। अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ देखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रुपमा दर्ता गरेर अन्तःशुल्को दायरामा […]

बजेट आकार २१ खर्ब २४ अर्ब ३४ करोड (बजेटको पूर्ण पाठ)

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोडको घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो आकारको बजेट बताएका हुन् । चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ। बजेट खर्च धान्न राजस्वबाट १४ खर्ब ५ अर्ब, […]

नर्सिङ कर्मचारीको रात्रिकालीन ड्युटी भत्ता दोब्बर

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा अहोरात्र खटिने नर्सिङ कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन गर्न भत्ता र सुविधा वृद्धि गर्ने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सिङ कर्मचारीहरूको रात्रिकालीन ड्युटी भत्ता दोब्बर बनाइएको […]