१५ वटा सार्वजनिक संस्थान घाटामा, नोक्सानी करिब पौने ४ अर्ब

काठमाडौं । सार्वजनिक संस्थानहरुले नोक्सानी बढे सँगै घाटा व्यहोर्नु परेको छ । ४३ वटा सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटाले नाफा आर्जन गर्न सफल भएका छन् भने १५ वटा घाटामा छन्। आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा रू. ४२ अर्ब ६२ करोड १६ लाख पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम […]

टेलिफोन प्रयोगकर्ता घटे

काठमाडौं । नेपालमा टेलिफोन प्रयोगकर्ता घटेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा पेश गरेको आर्थिक सर्वेक्षणमा टेलिफोन प्रयोगकर्ता घटेको देखिएको हो । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म नेपालमा टेलिफोन प्रयोगकर्ता २ करोड ९७ लाख ७६ रहेको आर्थिक सर्वेक्षणमा देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म नेपालमा टेलिफोन प्रयोगकर्ता ३ करोड […]

७२ प्रतिशत नेपालीको घरमा डिजिटल टेलिभिजन

काठमाडौं । ७२ प्रतिशत नेपालीको घरमा डिजिटल टेलिभिजन पुगेको देखिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा पेश गरेको आर्थिक सर्वेक्षणमा ७२ प्रतिशत घरघुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको देखिएको हो । यस्तै ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच सेवा स्थानीयत तहका ६ हजार ५६६ वडा केन्द्रमा विस्तर भएको छ । इन्टरनेट ग्राहकको घनत्व ११४.२३ प्रतिशत पुगेको छ […]

सार्वजनिक संस्थानमा सरकारको कुल लगानी ७ खर्ब बढी

काठमाडौं । मुलुकमा भएको ४५ वटा सार्वजनिक संस्थानमा सरकारको लगानी करिब ६ प्रतिशतले बढेको छ । सरकारको लगानी बढे पनि नाफा कमाउन भने सकेको छैन । बिहीबार संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक संस्थानको वार्षिक स्थिति समिक्षा २०८२ सार्वजनकि गर्दै उक्त कुरा बताएका हुन् । प्रतिवेदन अनुरुप आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल […]

सदनमा आर्थिक सर्वेक्षण पेश, बजेट साँझ ५ बजे 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायत विपक्षी दलहरुले सदनमा आर्थिक सर्वेक्षण र बजेट पेस गर्न दिने भएका छन् । प्रतिपक्षी दलहरुले सदन खुल्ला गरेसँग अर्थमन्त्री विष्णुप्रसाद पैडेलले आर्थिक सर्वेक्षण पेश गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै बैठक अवरुद्ध गर्दै आइरहेका विपक्षी दलहरुले आजको बैठक सञ्चालन […]

गणतन्त्र जनसङ्घर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्तरूप भएको बताए । गणतन्त्र दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले गणतन्त्र ऐतिहासिक राजनीतिक उपलब्धि भएको भन्दै यसको रक्षा, प्रयोग र विकास गर्दै समुन्नत नेपाल बनाउने हामी सबैको साझा दायित्व भएको बताएकी छन् । साथै उनले गणतान्त्रिक मूल्य, मान्यता र […]

‘न्यायपूर्ण नेपाल निर्माण गर्नु गणतन्त्रको साँचो सम्मान हो’: सभामुख प्रशासन

काठमाडौं । सभामुख देवराज घिमिरेले भ्रष्टाचार, असमानता र शासकीय कमजोरीजस्ता विषयमा निर्मम हुँदै समृद्ध, समावेशी र न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हुने बताएका छन् । १८औँ गणतन्त्र दिवसका अवसरमा आज देश-विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै सो कुरा व्यक्त गरेका हुन् । उनले गणतन्त्रको भावना केवल संवैधानिक […]

गणतान्त्रिक शक्ति जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुन आवश्यक छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बताएका छन्। गणतन्त्र दिवस–२०८२ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि परिवर्तनकारी शक्तिबिचको एकता र गणतान्त्रिक शक्तिबिचको सहकार्य अपरिहार्य रहेको बताए । पूर्वप्रधानमन्त्री दाहालले गणतान्त्रिक […]

गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाल गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताएका छन् । गणतन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्र पर्याप्त नहुने भन्दै त्यसका लागि हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने बताए । यस्तै, शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्नेमा राष्ट्रपति […]

आज शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। दिवसका अवसरमा आज ओलीले सामाजिक सञ्जालमार्फत् स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन्। ‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज। मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, […]