लोकतन्त्र, देश र जनताका लागि फागुन २१ गतेको निर्वाचन अपरिहार्यः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको आवश्यकताअनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वर्षका अवसरमा शुक्रबार आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन उनले यस्तो शिक्षाले नै अहिलेको चुनौती सामना गर्न सक्नेमा जोड दिएका हुन् । देश आज विषम परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको सन्दर्भ […]

आईआरजीडीडीकी अध्यक्ष डा. पराजुलीले आईआरइएनएका उपमहानिर्देशक सिंह बीच भेटवार्ता

काठमाडौं । इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) की अध्यक्ष डा. शर्मिला पराजुली ढकाल र यूएईको अबुधाबीस्थित मस्दार शहरमा रहेको इन्टरनेशनल रिन्यूनेवल इनर्जी एजेन्सी (आईआरईएनए) को भ्रमण गरेकी छन् । उक्त अवशरमा पूर्वराजदूत डा. पराजुली र आईआरइएनएकी उपमहानिर्देशक गौरी सिंह बीच भेटवार्ता भयो । भेटवार्ताको क्रममा दुवै पक्षले नवीकरणीय ऊर्जा, क्षमता निर्माण र हरित […]

आईआरजीडीडीकी अध्यक्ष डा. पराजुलीले भेटिन् एजीडीएका उपमहानिर्देशक डा. अल धाहेरीलाई

काठमाडौं ।  इन्टनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) की अध्यक्ष डा. शर्मिला पराजुली ढकालले यूएईको अबुधाबीस्थित अनवर गर्गस डिप्लोमेटिक एकेडेमीका (एजीडीए) का उपमहानिर्देशक डा. मोहम्मद इब्राहिम अल धाहेरीस“ग भेटवार्ता गरेकी छन् । एजीडीए कूटनीतिक तालिम, अनुसन्धान र रणनीतिक अध्ययनका लागि युएईको अग्रणी संस्था हो । यसको शैक्षिक उत्कृष्टताका लागि प्रख्यात एजीडीएले भविष्यका कूटनीतिज्ञहरूलाई तयार […]

मतदाताको उमेरको समय निर्धारण

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदताको उमेरको समय निर्धारण गरेको छ । आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई समय कायम गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर […]

सार्वजनिक बस नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा समस्या

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकाबाट बाहिर जाने सबै यात्रुवाहक सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ । काठमाडौँ महानगरपालिकाले २०८० जेठ १९ गते सूचना प्रकाशित गरी २०८० असार १ गतेदेखि उपत्यकाबाहिर जाने सम्पूर्ण यात्रुवाहक सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि साढे दुई वर्ष बितिसक्दासमेत उक्त निर्णय कार्यान्वयन हुन सकेको […]

४ महिनामा ४० करोडको फलफूल आयात

झापा। पूर्वीनाका काँकरभिट्टाबाट ४  महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो ४ महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो । अघिल्लो आर्थिक २०८१\८२ को सोही अवधिमा उक्त नाका भएर रु २१ करोड ३५ लाख ५० हजारको […]

श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । सश्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेड (SAIL) को साधारण शेयर सूचीकरण गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज  र श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेड (SAIL) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१००।- कायम भएको १,६३,१२,५०० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष नबिल इनभेष्टमेन्ट बैंकिङ्ग लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री […]

शान्ति सम्झौताको मर्म र ‘जेनजी’ युवाका आवाज एउटै छन्, त्यसलाई पूरा गरौँः संयोजक दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा विस्तृत शान्ति सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्तिसम्झौता भएको १९ वर्ष पुगेको अवसरमा आज शुभकामना दिँदै संयोजक दाहालले सामाजिक न्याय, सुशासन, आर्थिक समानता तथा समृद्धिका मुद्दा पूरा […]

चलचित्र ‘ऊनको स्वीटर’ भारतका विभिन्न सहरमा प्रदर्शन

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ शुक्रबारदेखि भारतमा प्रदर्शन गरिएको छ । भारतको वितरक कम्पनी एसली प्रोडक्सनका प्रमुख एवन राईका अनुसार भारतको दार्जिलिङको एसभिएफ सिनेमा, कस्र्याङको फन्टाजी सिनेमा, नाम्ची इम्पेरियल सिनेमा, गान्तोकका डेन्जोङ, वज्र र आइएनओएक्स गान्तोक तथा सिलिगुडीका सिनेमा सिटीसेन्टर, वेगा सर्कल, एग्रोपोलिस र साउथ सिटी सिनेमामा चलचित्र प्रदर्शन गरिएको हो । नयाँदिल्ली, असामलगायत स्थानमा […]

भरतपुरको २१० किलोमिटर सडकमा ‘स्मार्ट बत्ती’

चितवन । भरतपुर महानगरपालिका क्षेत्रको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरिएको छ । दुई चरणमा गरेर मुख्य चोकमा १६ वटा ‘हाइमास्ट’ र ७५ वटा ‘मिनमास्ट’ बत्ती जडान गरिएको महानगरले जनाएको छ । महानगरपालिकाले ‘उज्यालो सहर भरतपुर’ अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा राजमार्ग र भित्री सडकमा छ हजार बत्ती जडान गरिएको महानगर प्रमुख रेनु दाहालले […]