नेपाल टेलिकमको नयाँ व्यवस्था : करिब ५ दर्जन मुलुकका लागि ६० सेकेन्डको पल्स दर कायम

काठमाडौं । नेपाल टेलिकमले आफनो सेवाग्राहीका लागि अन्तराष्ट्रिय बहिर्गमन कलमा सहुलियत प्रदान गरेको छ । टेलिकमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार अब विभिन्न ५८ वटा देशमा कल गर्दा ६० सेकेन्डको पल्स दर कायम हुनेछ। यो नयाँ व्यवस्था भोलि अर्थात् २०८३ जेठ १ गतेदेखि लागु हुने टेलिकमले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको २०८२ फागुन १ गतेको […]

निर्जीवन बीमा कम्पनीहरुको नाफामा गिरावट, कुनले कति कमाए ?

काठमाडौं । सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार बीमा कम्पनीहरुले समग्रमा १ अर्ब २७ करोड १९ लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ४७ प्रतिशत कम हो। गत वर्षको सोही अवधिमा यी कम्पनीहरुले समग्रमा २ अर्ब […]

राजा बाहेक ०४८ देखि सार्वजनिक पदमा रहेका उच्च पदस्थ अधिकारीहरुलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं । सरकारले राजा बाहेक ०४८ देखि सार्वजनिक पदमा रहेका सम्पूर्ण अधिकारीहरुलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । सरकारले पहिलो चरणमा आर्थिक वर्ष २०६२/६३ देखि आर्थिक वर्ष २०८२/८३ चैत्र मसान्त सम्मको अवधिमा सार्वजनिक पदधारण गरेका र उक्त अवधिमा बहाल रही हाल जुनसुकै किसिमले सेवाबाट अवकाश भइसकेका अधिकारीहरुलाई अबको एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन आग्रह […]

सरकारी कार्यालय वरपरका पसल अनुगमन : फोटोकपी र पिउने पानीमा ठगिँदै उपभोक्ता

टीकापुर । कैलालीको टीकापुरका सरकारी कार्यालयहरु इलाका प्रशासन कार्यालय, मालपोत, नापीलगायत कार्यालय वरिपरिका व्यापारीले उपभोक्ताबाट महँगो शुल्क असुली रहेको पाइएको छ । टीकापुर नगरपालिका सहित बजार अनुगमन टोली त्यहाँ पुग्दा सरकारी कार्यालय वरिपरिका पसलमा फोटोकपी र पिउने पानीमा दोब्बर रकम लिएको पाइएको छ । प्रतिपेज रु पाँच लिनुपर्नेमा प्रतिफोटोकपी रु १० लिने गरिएकोे छ भने […]

बेइजिङ वार्तामा चीनले उठायो ताइवानको मुद्दा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा उच्चस्तरीय वार्ता भएको छ । व्यापार, प्रविधि, ताइवान, लगानी तथा इरान संकटलगायत विषयमा केन्द्रित उक्त भेटलाई विश्वभर चासोका साथ हेरिएको छ । भेटको सुरुवातमा सीले चीन र अमेरिकाले प्रतिस्पर्धी नभई साझेदारको रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । ट्रम्पले भने […]

ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासद्वारा ७ महिनामै ५ लाख डलरभन्दा बढी राजस्व सङ्कलन

टेक्सस । संयुक्तराज्य अमेरिकाको टेक्सस राज्यस्थित नेपाली महावाणिज्यदूतावास, ड्यालसले सेवा सञ्चालन गरेको करिब सात महिनामा पाँच लाखभन्दा बढी अमेरिकी डलर राजस्व सङ्कलन गरेको छ । गत असोजमा औपचारिक सेवा प्रारम्भ गरेको सो महावाणिज्यदूतावासले तोकिएको प्राप्त जिम्मेवारी पूरा गर्ने क्रममा पाँच लाख ३० हजार ५०३ अमेरिकी डलर राजस्व सङ्कलन गरेको हो । उपमहावाणिज्यदूत धना जोशीका अनुसार […]

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । विहबार नेपली बजारम सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँमा खरिदबीक्री भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ थियो । यस दिन चाँदी भने ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ […]

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

कास्की । कास्कीभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुले अबदेखि अनिवार्य रुपमा ग्लोबल पोजिसनिङ सिस्टम ‘जिपीएस’ जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले एम्बुलेन्स सेवालाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाउनका लागि सो व्यवस्था गरेको हो । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्ला भित्र सञ्चालनमा रहेका सबै एम्बुलेन्सहरूमा अनिवार्य रूपमा सही स्थान र स्थानको जानकारी दिनका लागि प्रयोग […]

जेठमा पनि बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिने अधिकतम ब्याजदर जेठमा थप घटाएका छन् । वैशाखको तुलनामा ब्याजदर औसत ०.०५७ प्रतिशतले कटौती गरेका छन् । जेठ महिनामा व्यक्तिगत मुद्दति खातामा सबैभन्दा धेरै ब्याजदर एनएमबिले प्रदान गर्ने भएको छ । यसले ब्याजदर ४.८ प्रतिशत कायम गरेको छ । वैशाखमा एनएमबि बैंकको ब्याजदर ५ प्रतिशत रहेको थियो […]

सर्वोत्तम पेन्ट्सको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई  क्यापिटलको कार्यलयमा आईपीओ बाँडफाँट भएको हो । कम्पनीले बैशाख २१ गतेदेखि २४ गतेसम्म विदेशमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८५ लाख रुपैयाँबराबरको ८५ हजार कित्ता साधारण सेयर […]