नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ । प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भएका सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश अन्तर्गतका सबै शाखा कार्यालयहरु र लुम्बिनी […]

परराष्ट्र मामिला र कूटनीतिक मर्यादाबारे मन्त्रीहरूलाई जानकारी

काठमाडौं । परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकारका सबै मन्त्रीहरुलाई प्रस्तुती दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित उक्त प्रस्तुतीकरणमा सबै मन्त्रीहरुलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रस्तुती दिनु भएको प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएका छन्। राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय […]

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेन नेतृत्वको प्रतिनिधिमण्डलले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेको छ । परराष्ट्र मन्त्रालयका अधिकारीसमेतको उपस्थितिमा भएको भेटमाविश्व बैंकको सहयोगमा कार्यान्वयन हुने ‘नेपाल डिजिटल ट्रान्सफरमेसन प्रजेक्ट’, मुलुकको सूचना प्रविधि क्षेत्रको विकासका लागि पहुँच विस्तार, ‘डेटा’ व्यवस्थापन, डिजिटल रूपान्तरण तथा शासकीय सुधारबारे […]

मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेकी  छिन् । मन्त्री निवासमै भएको उक्त भेटमा दुवै पक्षबीच विश्व बैंकसँगको सहकार्यमा नेपालमा सञ्चालन भइरहेका कृषि तथा पशुपालनसम्बन्धी कार्यक्रमबारे समीक्षा गरिएको थियो। साथै, कृषि क्षेत्रमा नवप्रवर्तन प्रवर्द्धन, बजार व्यवस्थापन सुधार, तथा उत्पादन प्रणालीलाई थप […]

अपराजित दिल्ली र पहिलो जितको खोजीमा रहेको गुजरातबीच आज भिड्दै

काठमाडौं । आज (अप्रिल ८, २०२६) इन्डियन प्रिमियर लिग  को १४औँ खेलमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स  बीच प्रतिस्पर्धा हुँदैछ । दिल्लीको अरुण जेट्ली स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ७:४५ बजे सुरु हुनेछ । अक्षर पटेलको कप्तानीमा रहेको दिल्लीले सिजनका सुरुवाती दुवै खेल जितेर उत्कृष्ट लयमा छ भने शुभमन गिलको नेतृत्वमा रहेको गुजरात पहिलो जितको […]

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण र गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अनुसन्धानका लागि पक्राउ पूर्जी हारी गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध पक्राउ पुर्जी लिइसकेको छ । […]

अटोमोबाइल क्षेत्र सुधारका लागि नाइमाको पहल, अर्थमन्त्रीसँग

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बधाई तथा शिष्टाचार भेट गरी अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विस्तृत नीतिगत एवं प्रणालीगत सुधारसम्बन्धी सुझावहरू प्रस्तुत गरेको छ। भेटका क्रममा नाइमाले स्थिर, पूर्वानुमानयोग्य र सरोकारवालाहरूसँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गर्दै अटोमोबाइल […]

‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’

दमौली।  प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर रहेको बताएको छ । आज यहाँ आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उनले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको संरक्षणमा इतिहासदेखि नै अतुलनीय योगदान गर्दै आएको बताए । प्रधानसेनापति सिग्देलले नेपाली सेनालाई आफ्नो ऐतिहासिक परम्परा कायम राख्दै वर्तमान तथा भविष्यका […]

अमेरिका–इरान अन्तिम क्षणमा युद्धविराम, दुवै पक्षद्वारा जीतको दाबी

वासिङ्टन। एक महिनाभन्दा बढी समयदेखि चलेको भीषण द्वन्द्वपछि अन्तिम घडीमा अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन् । तर गोलीबारी रोकिए पनि दुवै पक्षले आफूलाई विजेता घोषणा गरेकाले तनावको मूल कारण अझै समाधानतर्फ नपुगेको सङ्केत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तय गरेको समयसीमा सकिन एक घण्टा बाँकी रहँदा सहमति जुटेको […]

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

काठमाडौं ।  नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले आफ्नो स्थापना भएको १२ वर्ष पूरा गरेको छ। सन् २०१४ मा स्थापना भएको कम्पनीले प्रोडक्ट-आधारित तथा कस्टमाइज्ड सफ्टवेयर समाधानमार्फत विभिन्न उद्योगका कर्पोरेट ग्राहकलाई सेवा दिँदै आएको छ। कम्पनीका अनुसार, विधिको एचआर तथा पेरोल सफ्टवेयर हाल नेपालभरका २०० भन्दा बढी कम्पनीहरूले प्रयोग गरिरहेका छन्। त्यसैगरी, कम्पनीको ईआरपी […]