प्रतिनिधि सभा उपसभामुखको निर्वाचन चैत्र २७ गते हुने
काठमाडौं । यही चैत्र २७ गते प्रतिनिधि सभाका सभामुखको निर्वाचन हुने भएको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचनको मिति तोकेका हुन् । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ उपनियम २ बमाजिम उपसभामुखको निर्वाचनको मिति घोषणा गरिएको उनले बताए । संघीय संसद सचिवालयले आजै सो निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ । […]

