पाँच सयले महँगियो सुन, चाँदी स्थिर

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रति तोला पाँच सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य १ लाख ८४ हजार १०० रुपैयाँ थियो […]

११ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास अर्थात माघ, फागुन र चैत महिनाको अवधिमा नेपाल राष्ट्र बैंकले नियमविपरीत कार्य गर्ने ११ वटा बैंक तथा वित्तीय संस्थामाथि विभिन्न प्रकारका कारबाही गरेको छ। राष्ट्र बैंकको नियामकीय निर्देशन अवज्ञा गर्ने पाँच वाणिज्य बैंक, तीन विकास बैंक र तीन वित्त कम्पनीहरू यस अवधिमा कारबाहीमा परेका हुन्। राष्ट्र […]

संघीय संसद्को दुवै बैठक बस्दैः सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं । प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची छ । आगामी आर्थिक वर्षको […]

स्रोत नखुलेको करिब एक करोड रकमसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार ५०० रुपैयाँ सहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौँ तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका जिल्ला […]

‘एनआरएनए’ एकता महाधिवेशन सम्पन्न, श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौं । काठमाडौँ घोषणापत्र जारी गर्दै गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशन आइतबार सम्पन्न भएको छ । महाधिवेशनले महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ । समापन समारोहलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैर आवासीय नेपालीबाट मुलुकले धेरै ठूलो आशा गरेको बताए । उनले आफ्नो नेतृत्वको […]

नेपाल माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा जेठ १६ गते, यी हुन् एजेण्डा

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आगामी जेठ १६ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि वार्षिक साधारण सभा आह्वान भएकोमा जेठ ८ गते बुक क्लोज हुनेछ । कम्पनीले साधारणसभाबा २ जना सञ्चालकहरुको नियुक्ति (निर्वाचन) गर्ने,  सञ्चालकहरुको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवा सुविधा निर्धारण गर्ने साधारण […]

१० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, सोधियो स्पष्टीकरण

काठमाडौं । सरकारले १० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको हो । कालो सूचीमा राख्न सार्वजनिक निकायहरूबाट सिफारिसअनुसा कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्न सूचनामा […]

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज […]

दुर्घटनाको एक वर्षपछि कमेडीमा, सुशान्त बस्याल वैशाख २८ ‘…ट्र्याजिडी टु कमेडी’

काठमाडौं । २०८० चैत ८ गते लिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटनामा घाइते भइ करिब एक वर्ष कमेडी क्षेत्रबाट टाढिएका  सुशान्त बस्याल कमेडीमा फर्किएका छन् । उनी आगामी वैशाख २८ गते बेलुका साढे ६ बजे  ‘एक्सिडेन्ट्ल्ली फन्नी, ट्र्याजिडी टु कमेडी’ कार्यक्रममार्फत् कमेडी माध्यमबाट दुर्घटना र त्रासदीको कथा भन्दैछन् । स्टुडियो थिएटर पिंगलास्थानामा […]

राष्ट्रिय वाणिज्य बैंकको सातवर्षे अवधिको ऋणपत्र बाँडफाँड

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ७ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर भएको ऋणपत्र बाँडफाँड गरिएको छ । कुल २५,००,००० कित्ता ऋणपत्र मध्य व्यक्तिगत तबरबाट १५ लाख कित्ता तथा सर्वसाधारण नेपाली नागरिकहरुमा १० लाख कित्ता गरेर बैंकले एक हजार अंकित दरका २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको गरेको थियो । सुरुमा वैशाख ७ गतेदेखि १० […]