संघीय संसद्को दुवै सदनको बैठक आज
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा, दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ भने राष्ट्रियसभामा विभिन्न मनोनयन र प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । सिंहदरबारस्थित नयाँ संसद् भवनमा […]

