निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच दुर्घटना घाइतेको उपचारसम्बन्धी सम्झौता
काठमाडौं । निजामती कर्मचारी अस्पताल र नेपाल ट्रक यातायात व्यवसायी महासंघबिच घाइते तथा दुर्घटनापछि हुने बिरामीहरूको उपचारलाई प्रभावकारी बनाउने उद्देश्यसहित उपचार सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा निजामती कर्मचारी अस्पतालका तर्फबाट मेडिकल डिभिजन विभाग प्रमुख डा. दिपक पौडेल र नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बिक्रम वानियाले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार सवारी दुर्घटनामा परी […]

