भट्ट र अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ)को कसुरमा छानबिनको लागि हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले १२ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको छ । बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

एभरेस्ट च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन

नयाँ दिल्ली । एभरेस्ट च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (इसीसीआइ इन्डिया ) ले आफनो नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । एभरेस्ट च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (इसीसीआइ इन्डिया ) ले आफ्नो वार्षिक साधारण सभा यसै साता प्रतिष्ठित पीएचडी हाउसमा सफलतापूर्वक सम्पन्न गरेको छ । प्रख्यात अन्तर्राष्ट्रिय योगगुरु तथा सफल व्यवसायिक व्यक्तित्व डा. मोहन […]

अमेरिका र इरान वार्ताको संकेतसँगै तेल बजारमा ठूलो गिरावट

काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सम्भावित सम्झौताबारे समाचार बाहिरिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ तीव्र रूपमा घटेको छ । यो समाचार तयार पार्दै गर्दा ब्रेन्ट कच्चा तेलको मूल्य १०.४० प्रतिशतले घटेर प्रति ब्यारेल ९८.४४१ डलर पुगेको छ भने क्रुड आयलको मूल्य ११.९८ प्रतिशतले घटेर ९०.०२ डलरमा झरेको छ । बजारमा लगानीकर्ताहरूले अमेरिका र […]

यस्तो बन्यो अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको उद्योग वाणिज्य महासंघ हाक्ने समूह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) लाई अघि बढाउने जिम्मेवारी अब अध्यक्ष अन्जन श्रेष्ठको काँधमा आइपुगेको छ । यो पटकदेखि समाप्त भएको वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था अनुरुप श्रेष्ठ महासंघका अध्यक्ष बनेका हुन् । उनी महासंघको ६० औं वार्षिक साधारण सभामार्फत् महासंघका अध्यक्ष बन्न पुगेका छन् । यसअघि महासंघको नेतृत्व चन्द्रप्रसाद ढकाल गरिरहेका […]

यस्तो बन्यो नयाँ उद्योग वाणिज्य महासंघ कार्यसमिति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को अध्यक्ष अन्जन श्रेष्ठ बनेका छन् । यो पटकदेखि समाप्त हुने वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था अनुरुप श्रेष्ठ महासंघका अध्यक्ष बनेका हुन् । उनी महासंघको ६० औं वार्षिक साधारण सभा तथा निर्वाचन मार्फत् महासंघका अध्यक्ष बन्न पुगेका छन् । यसअघि महासंघको नेतृत्व चन्द्रप्रसाद ढकाल गरिरहेका थिए । […]

कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण 

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सर्दी मार्फत जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकको नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सिन्जलीलाई स्टेशनरी तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । विद्यालयमा नर्सरीदेखि […]

हस्पिटल र कलेजलाई आइपीओ ल्याउन दिने विषयमा अन्यौलता कायमै, नाफामुखी भएपछि सेवा महँगो हुने जोखिम

काठमाडौं । हस्पिटल र स्कुल–कलेजलाई आइपीओ जारी गर्न दिने वा नदिने भन्ने विषयमा हाल अन्यौलता देखिएको छ । हस्पिटल, स्कुल वा कलेज जस्ता संस्थाहरु मूलतः सेवामुखी हुनुपर्ने धारणा नेपाली समाजमा बलियो रुपमा स्थापित छ । यस्तो अवस्थामा भविष्यमा यी संस्थाहरु नाफामुखी गतिविधितर्फ अत्यधिक केन्द्रित भए आम सर्वसाधारणको सेवा पहुँच र गुणस्तरमा असर पर्ने चिन्ता व्यक्त गरिएको […]

साढे १ अंकले घट्यो शेयर बजार, २३ करोड बढीले घट्यो कारोबार

काठमाडौं । बुधबार शेयर बजार सामान्य अंकले घटेकोे छ । बुधबार १.६४ अंकले घटेर नेप्से परिसूचक २७११.२२ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ०.८० अंकले बढेर ४६३.१२ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.०१ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२४ अंकले बढेको हो । बुधबार ३३६ वटा कम्पनीको ४७ […]

१८ जना कार्यकारिणी सदस्य सहित एसाेसियट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसाेसियट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी भएका छन् । आज सम्पन्न मत परिणाम अनुसार  पाण्डेले १०७९   मत प्राप्त गरी  विजयी भएका हुन् । हिजो सम्पन्न निर्वाचनमा उपाध्यक्षकी प्रत्याशी ज्योत्स्ना श्रेष्ठ सुब्बाले ७५० मत प्राप्त गरेकी छिन । एसोसियटको उपाध्यक्षको प्रत्यासी श्रेष्ट निबर्तमा कार्यसमितिको एसोसियट उपाध्यक्षमा कार्यरत रहेकी थिईन । यस्तै निर्वाचनमा  महिला सदस्यमा […]

मन्त्रिपरिषदको निर्णय : बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा. डा जगदिश प्रसाद अग्रवाल नियुक्त

काठमाडौं । सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीन समेत रहेका डा. अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा […]