एनएमबी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त

काठमाडौं ।एनएमबी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सजल खड्का नियुक्त भएका छन् । खड्काको कार्यकाल ४ वर्षको हुनेछ । संस्थाको मंगलबार बसेको सञ्चालक समितिको १८८ औं बैठकले खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो । लघुवित्तमा कामु सीइओको रुपमा कार्यरत खड्का वैशाख २२ गतेदेखि लागू हुने गरी सीइओ नियुक्त भएका हुन् ।

सानिमा जिआईसीको शेयरमूल्य समायोजन

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको ५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ४५१ रुपैयाँ ७१ पैसा कायम भएको […]

प्रधानमन्त्री कार्यालयको निर्देशन -आजै पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको सम्पूर्ण विवरण उपलब्ध गराउनु

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण बुधबार नै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको वा फरक–फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला पारेपछि मंगलबार गृहसँग स्पष्ट विवरण माग गरिएको हो। […]

अनधिकृत लिङ्क नखोल्न प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । ब्यूरोले एक सूचनामार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आइपिएससँग मिल्दो जुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न एलर्ट पठाउने गरेको पाइएको जनाएको छ । प्रयोगकर्तालाई […]

यूएईमा फेरि भयो आक्रमण, सुरक्षा चुनौती बढ्दो

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा पछिल्ला दिनहरूमा सुरक्षा अवस्था झन् तनावपूर्ण बन्दै गएको छ, जहाँ लगातार दोस्रो दिन पनि मिसाइल र ड्रोन आक्रमण भएको खबर सार्वजनिक भएको छ । यूएईको रक्षा मन्त्रालयका अनुसार यी आक्रमणहरू इरानसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको अल ज जिराले जनाएको छ । तर इरानले भने यसमा आफ्नो कुनै संलग्नता नभएको […]

५८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ५ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लख ९६ हजार ८ सय रुपैयाँमा कारोबर भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय  रुपैयाँ थियो । यस दिन चाँदी पनि १७५ रुपैयाँले बढेको छ । चाँदी […]

सर्वोत्तम सिमेन्टले ९ महिनामा गर्यो ७ अर्बको व्यापार, कति कमायो नाफा ?

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९० करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५०.२१ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले ६० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको सञ्चालन आम्दानी ६ अर्ब ८१ करोडबाट बढेर ७ अर्ब ७९ […]

रिलायन्स स्पिनिङ मिल्सको नाफा घट्यो, प्रतिसेयर नेटवर्थ करिब ५ सय रुपैयाँ

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.७० प्रतिशत कम हो । गत वर्ष कम्पनीले ३२ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको सञ्चालन आम्दानी ७ अर्ब ३९ करोडबाट बढेर ७ अर्ब […]

बैङ्किङ प्रणालीबाट २० अर्व निक्षेप संकलन गर्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले आज बैसाख २३ गते बुधबारको दिन  खर्ब २० अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ४४ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा […]

रास्वपाले बजेटमा बिषयमा मन्त्रीसँग सांसदको छलफल गर्ने

काठमाडौं । राष्टिय स्वतन्त्र पार्टी रास्वपाले सांसदसंग मन्त्रीको छलफल गर्न लागेको छ । सो कार्यक्रम  आज ४ बजे संसदीय दलको कार्यलय सिंहदरबारमा अर्थमन्त्री मा. डा स्वर्णिम वाग्लेज्यू र भौतिक पूर्वाधार मन्त्री मा. सुनिल लम्सालको सहभागितामा आर्थिक बर्ष २०८३/०८४ सालको बजेट तर्जुमा अगावै  ‘पूर्व बजेट छलफल’ को आयोजना गरिएको  प्रबक्ता मनिश झाले जानकारी दिए । रास्वपाले […]