विश्वकप छनोटमा नेपालद्वारा कतार पराजित
काठमाडौं । ओमानमा जारी आइसीसी पुरुष ट्वान्टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई पराजित गरेको छ । नेपालले गए राति भएको खेलमा कतारलाई पाँच रनले पराजित गरेको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल […]

