यात्रुबाहक बसमा भेटियो ६ किलो चाँदी

काठमाडौं । बाराको पथलैयामा बसभित्र ६ किलो चाँदीका गहना भेटिएको छ। मंगलबार प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीको टोलीले बाराकझ जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकमा वीरगञ्जबाट दाङ तुलसीपुर जाँदै गरेको बस जाँच गर्दा ६ किलो चाँदीका गहना फेला परेको हो। बा प्र ३२५६ नम्बरको यात्रुबाहक बसको सिटमुनि टेपले बेरेर राखेको कार्टुनमा चाँदी भेटिएको प्रहरीले जनाएको […]

प्रभु स्टील्स एण्ड हाईड्राको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद शेर बाँडफाँट गरेको छ । कम्पनीले चैत ६ गतेदेखि २० गतेसम्म शतप्रतिशत हकप्रद सेयर विक्री खुला गर्दा वितरण नभएका १३ लाख १७ हजार ३० कित्ता हकप्रद शेयर चैत ६ गतेदेखि लिलामी प्रक्रियाबाट विक्री गरेको हो । यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६० तोकि बिक्री […]

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वैशाख ७ गतेदेखि निष्कासन गरेको ऋणपत्र खरिद गर्ने अवधि लम्बिएको छ । ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ‘७५ आरबीबीएल डिबेन्चर २०८८’ मा आवेदन दिने म्याद थपिएको हो । निष्कासन बन्द छिटोमा वैशाख १० गते हुने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि वैशाख २१ गतेसम्म म्याद थपिएको हो यद्यपि पर्याप्त […]

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । वैशाख १० गते बुधबार  स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।  दुवै कम्पनीकोे भोलि अर्थात् वैशाख ११ गते बिहीबार बुक क्लोजको मिति भएकाले आजसम्मका शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । स्वरोजगार लघुवित्त लघुवित्तले गत वर्षको नाफाबाट […]

ट्रष्ट माइक्रो इन्स्योरेन्सले बोलायो साधारण सभा, आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । गत चैत २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो । उक्त सभा आगामी जेठ १ गते बुटवलमा रहेको महाराजा रिसार्टमा बिहान ९.१५ बजेदेखि सुरु हुनेछ । उक्त सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने […]

ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । वैशाख ९ गते मंगलबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७ हजार ५ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार भने छापावाल सुनको भाउ प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख […]

भारतमा आतंकवादी हमला हुँदा एक नेपालीसहित २६ को मृत्यु, नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । भारतको जम्मु कश्मीरको पहलगाममा पर्यटकहरूमाथि आतंकवादी हमला हुँदा एक नेपालीसहित २६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार १७ जना घाइते भएका छन् । उक्त घटनाको नेपाल सरकारले आलोचना गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाल्दै भनेको छ, ‘नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । […]

अकबरे खुर्सानीको मूल्य प्रतिकिलो ४०० रुपैयाँ, सुकेको लसुन ३००

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २०, आलु रातो […]

कक्षा १२ को परीक्षा सर्‍यो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सारेको छ । यसअघि वैशाख ११ गतेदेखि परीक्षा तय गरिएकोमा बोर्डले नयाँ कार्यतालिका सार्वजनिक गर्दै वैशाख २१ मा सारेको हो । शिक्षक आन्दोलन चर्किँदै गएपछि शिक्षकहरुले परीक्षामा सहभागी नहुने अडान लिएका थिए । नेपाल शिक्षक महासंघले परीक्षा बहिष्कार गरेपछि निजामती कर्मचारीलाई  प्रयोग गरेर भए पनि परीक्षा […]

विकास बैंकहरुको खराब कर्जा बढ्यो

काठमाडौं । सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको चैतमसान्तसम्म ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४.३५ प्रतिशत धेरै हो । गत वर्ष बैंकहरुको नाफा ३ अर्ब ५३ करोड ८८ लाख रहेको थियो । गत वर्षको भन्दा अहिले नाफामा झिनो […]