सोमबार देशभर मौसम सफा रहने
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर […]
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५, बबकका गेशबहादुर रानालाई यसपटक बोटबाटै सुन्तला राम्रो मूल्यमा बिक्री हुँदा खुसी लागेको छ । अघिल्ला वर्षमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने र मूल्यसमेत कम पर्ने गरेकामा अहिले सहज रुपमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उनले बताए । जिल्लाको सुन्तला उत्पादनको प्रख्यात गाउँका रुपमा चिनिएको बबकका सुन्तला किसानले सहजै […]
काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजको ग्राजुयसन सम्पन्न भएको हो । कलेजको पार्टनर विश्वविद्यालय लिड्स बेकेट युनिभर्सिटी (एलबीयू), द युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड (यूडब्लुई) र किल युनिभर्सिटीका ग्राजुयटहरुलाई कलेजले सम्मान गरेको हो । कलेजले स्नातक तथा […]
काठमाडौं । जेन–जी मुभमेन्ट अलायन्सले काठमाडौं महानगरपालिकाले आइतबारदेखि सुकुम्बासी बस्ती खाली गराउने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै उत्पीडित जनतामाथि दम्भ नदेखाउन आग्रह गरेको छ । अलायन्सले जारी गरेको विज्ञप्तिमा स्थानीय सरकारले पर्याप्त अध्ययन र सहमतिबिना बस्ती हटाउने तयारी गरेकोमा चिन्ता व्यक्त गरेको छ। न्यायपूर्ण र सहमतिको व्यवस्थापन गर्न अलायन्सको अनुरोध छ । ‘सम्बन्धित समुदायसँगको सहमतिमा उपयुक्त […]
मनाङ । कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई पर्यटक मृत भेटिएका छन्। मृत भेटिनेमा भारतीय नागरिक ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल रहेका छन्। सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीको नेतृत्वमा उद्धार सामग्रीसहित खटिएको टोलीले आज मिलेरेपा गुम्बाभन्दा १०० मिटरमाथि हिउँले पुरिएको अवस्थामा दुवै जनाको शव फेला पारेको प्रमुख जिल्ला […]
काठमाडौं । पहिलो संविधान सभाका चार सभासदसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ। रेणु चन्द, डा. बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायतको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानुनमै सुनिश्चित गर्नुपर्ने माग गरेको हो। संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरेको भए […]
काठमाडौं । सूचीकृत १४ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये ६ वटा बैंकहरुले घाटा व्यहोरेका छन् । क्षेतीयस्तरका विकास बैंकहरुले धेरै घाटा व्यहोरेका हुन् । बैंकहरुले असोजसम्म ५ अर्ब ३० करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ४.२९ प्रतिशत […]
काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको महशुल भूक्तानीका सम्बन्धमा प्रधानमन्त्री कार्यालयले ऊर्जा मन्त्रालयलाई सहजीकरणका लागि निर्देशन दिएको छ । कार्तिक २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ऊर्जा मन्त्रालयलाई पत्र पठाउँदै आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । कार्तिक १७ गते भएको छलफल र समझदारीलाई स्मरण गर्दै प्रधानमन्त्री कार्यालयले महशुल भूक्तानीलाई सरलीकरण गर्ने तथा उद्योगीहरुको […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा पूर्वाधार विकासका लागि आन्तरिक पूँजी परिचालन आवश्यक रहेको बताएका छन् । काभ्रे उद्योग वाणिज्य संघको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । उनले देशमा ठूला पूर्वाधार परियोजनाको लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्रै मुख ताकेर नहुने भन्दै […]