राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम साधारणसभा ४ बजे हुँदै

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी (साबिक राष्ट्रिय बीमा संस्थान)ले बुधबार प्रथम साधारणसभा गर्दैछ । सभा काठमाडौंको रामशाह पथस्थित कम्पनीको प्रधान कार्यालयमा अपराह्न ४ बजेबाट सुरु हुनेछ। सभाले सञ्चालक समितिले स्वीकृत गरेको पुँजी वृद्धिको योजनालाई अनुमोदन गर्नेछ। कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समयानुकूल संशोधनसमेतका कार्य गर्न र गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले […]

स्मार्ट कम्युनिटीमा निःशुल्क शेयर बजार कार्यशाला सुरु

काठमाडौं । स्टक मार्केट एनालाइसिस एन्ड रिसर्च टिम (स्मार्ट) अन्तर्गतको स्मार्ट कम्युनिटीले निःशुल्क शेयर बजार कार्यशाला सुरु गरेको छ । नेपालको सेयर बजारमा सक्रिय नयाँ तथा पुराना लगानीकर्ताहरूका लागि स्मार्ट कम्युनिटीले निःशुल्क शेयर बजार कार्यशाला सुरु गरेको हो । स्मार्ट कम्युनिटीले देशभरका सबै लगानीकर्ताहरूलाई लक्षित गर्दै शेयर बजार सम्बन्धी निःशुल्क कार्यशालाहरू सञ्चालन गर्न लागिएको जनाएको […]

बैंकिङ प्रणालीबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले बुधबार ३० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

कुमारी बैंकले ल्यायो “टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !” योजना

काठमाडौं । कुमारी बैंकले नयाँ योजना “ टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !” सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनु हुनेछ, जसमा बम्पर उपहार आईफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई रु.१०० को मोबाइल रिचार्ज उपहार समेत रहेको छ । यस योजनामा सहभागी हुनका […]

९ महिनामा एक खर्ब २४ अर्ब राजस्व संकलन

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा एक खर्ब २४ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। उक्त कार्यालयका अनुसार साउनमा १२ अर्ब १५ करोड रुपैयाँ, भदौमा १३ अर्ब ४२ करोड रुपैयाँ, असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ, कात्तिक ११ अर्ब १० करोड रुपैयाँ, मङ्सिरमा १४ अर्ब ४० करोड रुपैयाँ, पुसमा […]

इलाममा रमाएर फर्किए राजदूतहरु

काठमाडौं । भिभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरुलाई नेपालको पर्यटकीय गन्तव्य इलामको भ्रमण गराइ पर्यटन प्रवद्र्धन गरिएको छ । नेपालको पूर्वी पहाडी गन्तव्य इलामको प्राकृतिक,संस्कृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनाको प्रवर्द्धन गरिएको हो । परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको उक्त भ्रमणले इलामको पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सहयोग पुर्याएको बोर्डले जनाएको छ । परराष्ट्रमन्त्री आरजु […]

राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक आव्हानका लागि सिफारिस गरेअनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद अधिवेशन बोलाइएको हो ।  

कुलमानलाई हटाउन नहुने भन्दै विश्व प्रकाशले सरकारलाई दिए ७ बुँदे सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बुधबार शर्माले ७ बुँदे असन्तुष्टि राख्दै सरकारले कार्यशैली बदल्नुपर्ने बताएका हुन्। उनले सरकारले नगर्नुपर्ने निर्णयमा हतारो गर्ने र गर्नुपर्ने निर्णयमा विलम्ब गर्ने गरेको बताएका छन्। उनले मुख्य दुई दल सम्मीलित सरकारको गति सन्तोषजनक नभएको पनि बताएका छन्।

युनिटी ठगी प्रकरणमा सञ्चालकहरू दोषी ठहर, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गर्न निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले युनिटी ठगी प्रकरणमा संलग्नहरूलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले युनिटी ठगी प्रकरणमा संलग्न छ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको हो । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अध्यक्ष काशीराम गुरुङ र सञ्चालकहरू भीमबहादुर गुरुङ, […]

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति आयोजनाका इञ्जिनियर विष्णु चापागाईले मालढुङ्गातर्फदेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर दुई सय मिटर कालोपत्र भएको, केराबारी–मिलनचोक–लामाखेत खण्डमा थप पाँच किलोमिटर कालोपत्र गर्ने तयारी भएको जानकारी दिए । करिब दुई किलोमिटर ढलान पनि गरिएको छ […]