चेम्बर अफ कमर्सद्धारा भियतनामकी उपराष्ट्रपति जुआनसमक्ष द्विपक्षीय लगानी तथा व्यापार अभिवृद्धिबारे छलफल
काठमाडौं । नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यलाई नया“ उचाइमा पुर्याउन नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामकी महामहिम उपराष्ट्रपति भो थी आन्ह जुआनसमक्ष काठमाडौंमा छलफल सम्पन्न गरेको छ । भियतनामका अनररी कन्सुल एवं नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेश काजी श्रेष्ठको समुपस्थितिमा आयोजित छलफलमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, […]

