काठमाडौं उपत्यकामा वर्षा, तुवाँलो पनि क्रमिक रुपमा हट्ने
काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि हावाहुरी र चट्याङसहित सामान्य वर्षा भइरहेको छ । बिहीबार मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले बताएका छन् । वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने उनले बताए । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी […]

