वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

पर्सा । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधन १०२ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बढीको आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षको नौ […]

जेनजी आन्दोलनमा जलेका गाडीको नाममा इन्धन लिंदै कर्मचारी, कारबाही गर्न मन्त्रीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छिन् । ‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिइन् । उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य […]

बैंकहरुले कमाए ४९ अर्ब २१ करोड नाफा, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले समग्रमा ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १९.३० प्रतिशत धेरै हो । गत वर्षको चैतसम्म बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख नाफा आर्जन गरेको थिए । ब्याज खर्च घटेको कारण बैंकको खुद ब्याज आम्दानी […]

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त खुला, ७ दिनभित्र आवेदन दिन आह्वान

काठमाडौं । नेपाल धितोपत्र बोर्ड मा रिक्त रहेको अध्यक्ष पद पूर्ति गर्न सरकार अघि बढेको छ। यसका लागि गठन गरिएको सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै इच्छुक योग्य व्यक्तिहरूसँग दरखास्त माग गरेको हो। समितिले सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र आवश्यक कागजातसहित व्यक्तिगत विवरण पेश गर्न आग्रह गरेको छ। इच्छुक उम्मेदवारहरूले वैशाख २१ गतेभित्र अर्थ […]

प्राइम कमर्सियल बैंकको नाफा ३८ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको नाफामा ३८ प्रतिशतले वृद्धि भएको छ । बैंकलले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३८.५८ प्रतिशतले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासिकसम्म २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालू आवको सोही अवधिमा ३८.५८ प्रतिशतको भारी वृद्धि सहित ३ […]

राष्ट्रिय बाणिज्य बैंकको नाफामा उछाल, ब्याज आम्दानीमा उल्लेख्य सुधार

काठमाडौं । कर्मचारी खर्चमा गरिएको उच्च बृद्धिका बावजुद पनि राष्ट्रिय बाणिज्य बैंकको मुनाफामा उच्च बृद्धि भएको देखिएको छ । बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार मुनाफामा झण्डै दोब्बर बृद्धि भई २ अर्ब ७६ करोड २० लाख ५९ हजार ५२१ पुगेको छ । अघिल्लो बर्षको तुलनामा बैंकको मुनाफामा दोब्बर भन्दा बढिले बृद्धि गर्न सफल भएको […]

प्रभु बैंकको खुद नाफा ८५ करोड १५ लाख, अन्य सूचक कस्ता ?

काठमाडौं । प्रभु बैंक लिमिटेडको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजजनिक गरेको चालू आवको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा गिरावट आएको हो । गत आवको चैत मसान्तसम्म १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको सोही अवधिमा ५४.६१ प्रतिशत अर्थात् […]

इन्भेष्टमेन्ट मेगा बैंक नाफा ३ अर्ब माथि, अन्य सूचक कस्ता ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफामा गिरावट देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ३०.६९ प्रतिशतले घटेर ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ४ […]

एनएमबि बैंकको नाफा १३ प्रतिशत बढ्यो, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको नाफा सहितका वित्तीय सूचकहरू वृद्धि भएको देखिएको हो। बैंकले गत आवको तेस्रो त्रैमाससम्म २ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको तेस्रो त्रैमाससम्म १३.२५ प्रतिशतको वृद्धि सहित २ अर्ब […]

कृषि विकास बैंकले ९ महीनामा कमायो १ अर्ब ३९ करोड नाफा, अन्य वित्तीय सूचक कस्तो ?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.४२ प्रतिशतले नाफा घटेको हो । बैंकले चालू आवको ९ महीनामा १ अर्ब ३९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आवको […]