इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोलाई कडा चेतावनी दिएका छन् । साथै उनले ग्रिनल्यान्डको विषयमा आफ्नो धम्की दोहो¥याएको छ । ट्रम्पको उक्त चेतावनीले अमेरिका भविष्यमा सात दशक पुरानो सुरक्षा सङ्गठनबाट बाहिर जान सक्ने डर नाटो गठबन्धनका केही सदस्यहरूमा उत्पन्न गराएको छ । बैठकपछि नाटो महासचिव मार्क रुटसँगको छलफलमा ट्रम्पले इरानसँगको युद्धमा नाटोले आवश्यक सहयोग नदिएको […]

वैकल्पिक ऊर्जा विकास समितिको १११औं बोर्ड बैठक सम्पन्न

काठमाडौं । वैकल्पिक ऊर्जा विकास समितिको १११औं बोर्ड बैठक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको छ  । बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई सहमति दिने निर्णय गरेको छ । केन्द्रले प्राप्त सिलिङभित्र रहेर आगामी आर्थिक वर्षको बजेटका कार्यक्रमहरू तय गर्नेछ […]

सभामुख डोल प्रसाद अर्यालद्वारा स्थानीय तहमा जनसेवा प्रभावकारी बनाउने आग्रह

काठमाडौं । सभामुख डाेल प्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नेपाल नगरपालिका संघको ३३ औँ स्थापना दिवसको अवसरमा सभामुख अर्यालले अनुभव र असल अभ्यासको आदान–प्रदान गर्दै सामाजिक विकास र सुशासनलाई थप प्राथमिकता दिन आग्रह गरे । उनले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख […]

सभामुख अर्यालद्वारा बुढीगण्डकी जलविद्युत आयोजनामा गति दिन आग्रह

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा चासो देखाउँदै त्यसलाई निश्चित समयसीमा भित्र अगाडि बढाउन जोड दिएका छन् । उनले बिहीबार आफ्नै कार्यकक्षमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग छलफल गर्दै भने, “यो राष्ट्रिय गौरवको परियोजना हो। यो केवल विद्युत् उत्पादनसँग मात्र सम्बन्धित छैन, पर्यटन, कृषि उत्पादनको […]

नरेश लाल श्रेष्ठको प्रि बजेट छलफल : करलाई व्यवस्थित गरी निजी क्षेत्रलाई अघि बढ्ने वातावरण बनाउन आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्ष उम्मेदवार नरेशलाल समुहले प्रि बजेट छलफल सम्पन्न गरेको छ । उद्योगी व्यवसायीका समस्या तथा मागलाई आगामी बजेटमार्फत सम्बोधन गराउने उद्देश्य अनुरुप सो समुहले सरकार र निजी क्षेत्रबीच प्रि बजेट छलफल गराएको हो । ललितपुर स्थित हिमालय होटलमा भएको उक्त छलफलमा वस्तुगत संघ तथा महासंघतर्फका […]

सभामुख अर्याल र स्विस राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । सभामुख डोल प्रसाद अर्यालसँग नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत महामहिम डा. डानियल मेउल्लीले शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा दुई देशबिचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, नेपालको शान्ति प्रक्रिया र आर्थिक सहयोगका विविध आयामबारे विस्तृत छलफल भएको छ । भेटमा सभामुख अर्यालले राजदूत मेउल्लीलाई स्वागत गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै […]

सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी अन्त्य गर्ने निर्णय गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय र सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । […]

सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। अध्यक्ष दाहालले उपसभामुख अर्याललाई भेटेर बधाई दिएका हुन्। अर्याल हालै मात्रै प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका थिए। सभामुख र अध्यक्षबीच सदनलाई आगामी व्यवस्थित बनाएर लैजाने विषयमा छलफल भएको जनाइएको छ।

प्रधानमन्त्रीलाई नै श्रममन्त्रीको कार्यभार

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहलाई नै तोकी मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा उक्त हेरफेर गरिएको हो । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसमा श्रममन्त्री दीपककुमार साहलाई आज पदमुक्त गरेका […]

प्रधानमन्त्री शाहद्वारा नेपाली सेनाका नवआयुक्तलाई राष्ट्रसेवामा समर्पित हुन आग्रह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गर्न सफल क्याडेटहरूलाई […]