रेकर्ड मूल्यबाट फर्कियो सुन

काठमाडौं । लगातर बढ्दो क्रममा रहेको सुनको मूल्य घटेको छ । बुधबार सुन ६०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य एक लाख ७९ हजार ७०० रुपैयाँ थियो । चाँदीको मूल्यमा १५ रुपैयाँ घटेको छ […]

हुम्लाको चंखेलीमा २० करोड लागतमा पाँच शय्याको अस्पताल निर्माण हुँदै

काठमाडौं । नेपाल सरकार, भारतीय दूतावास र स्थानीय तहबिच प्रभावकारी सामुदायिक विकास आयोजना सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दूतावास र नौ स्थानीय तहबिच शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्न त्रिपक्षीय सम्झौता भएको हो । सम्झौताअनुसार भारत सरकारले नौवटा स्थानीय तहमा विद्यालय संरचना तथा स्वास्थ्य […]

शतप्रतिशत हकप्रदको प्रस्तावसहित गार्डियन माइक्रोको विशेष साधारणसभा आह्वान

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ । संस्थाको सोमबार बसेको बैठकले आगामी वैशाख ५ गते होटल एयरपोर्ट विराटनगरमा साधारणसभा डाकेको हो । यस्ता छन् साधारणसभामा छलफलका विशेष प्रस्तावहरु : १. कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित […]

मध्यपश्चिम विश्वविद्यालयमा जागिर खुल्यो

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले विभिन्न विषयमा विज्ञता हासिल गरेका ७ उपप्रध्यापकका लागि आवेदन खुलाएको छ । विश्वविद्यालयलअन्तर्गत ग्र्याजुयट एग्रिकल्चर एण्ड फरेस्ट्री केन्द्रीय विभागका लागि जैविक कृषि, कृषि विज्ञान, कृषि अर्थशास्त्र, कृषि किटविज्ञान, जलकृषिलगायत विषयमा उपप्रध्यापकको आवेदन खुलेको हो । इच्छुकले १५ दिनिभत्र रीतपूर्वक डिन कार्यालयमा दरखास्त फारम बुझाउन सक्ने सूचनामा उल्लेख छ । डिन कार्यालयमा […]

‘वैकल्पिक विकास वित्त परिचालन’ ऐन जारी गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । अर्थ मन्त्रालयले ‘वैकल्पिक विकास वित्त परिचालन ऐन’ जारी गर्ने प्रक्रिया अघि बढाएको छ। ऐनको प्रारम्भिक मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिएका छन्। उक्त अधिकारीका अनुसार, अर्थ मन्त्रालयले प्रारम्भिक मस्यौदा पेश गरिसकेको छ । जसमा विभिन्न चरणका छलफलहरू भइरहेको छ। मुलुकको समग्र विकासका लागि आवश्यक देखिएमा मन्त्रिपरिषद्ले […]

पुराना फर्निचर, ल्यापटप र कम्प्युटर बेच्दै सतर्कता केन्द्र

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले पुराना फर्निचर, ल्यापटप र कम्प्युटरलगायत जिन्सी सामान बिक्री गर्ने भएको छ । केन्द्रले बुधबार एक सूचना जारी गर्दै बोलपत्रमार्फत लिलाम बिक्री गर्न लागेको जानकारी दिएको छ । खरिद गर्न इच्छुक इजाजतप्राप्त फर्महरुले रीतपुर्‍याइ ८ दिनभित्र एक हजार रुपैयाँ दस्तुरसहित सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।

नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्ड भ्रमण, समकक्षी पेसँग भेट हुँदै

बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबिच बुधबार भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी भए । थाइल्याण्डका प्रधानमन्त्री निवातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबिचको […]

करेला प्रतिकिलो सय रुपैयाँ, कुरिलो ६००

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु […]

स्वास्थ्यमा दाताको बजेट कटौती, सहयोग घटे दायित्व सरकारले निर्वाह गर्ने

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यका बजेट समयमै खर्च गर्ने वातावरण बनाउन सक्रियता देखाएका छन् । मन्त्रालयअन्र्तगतका विभिन्न महाशाखा तथा केन्द्रहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले समय बाँकी छँदै अधिकतम प्रगति देखिने गरी काम गर्न भनेका हुन् । मन्त्रालयको कार्य प्रगतिबारे नियमित बैठक राखेर जानकारी लिइरहेका मन्त्री पौडेलले यसपाली आर्थिक वर्षको अन्त्यसम्ममा अधिकतम […]

टाइम फर्मास्युटिकल्सले आईपीओ ल्याउने, डाक्यो साधारणसभा

काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने भएको छ । कम्पनीले आईपीओ प्रस्तावसहित २०८२ वैशाख ११ गते कम्पनीको उद्योग परिसर गैँडाकोट १० भैसाखोरीमा साधारणसभा बैठक डाकेको छ । बैठकले आईपीओसम्बन्धी सम्पूर्ण कार्य अगाडि बढाउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव गरिएको छ । हालको जारी पूँजी ४२ करोड ९१ लाख […]