निर्माणाधीन सडकमा दुर्घटनाको जोखिमः सचेतना बोर्ड राख्दै प्रहरी
मलेखु । त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा-नौबिसे सडकखण्ड विस्तारको काम अहिले अन्तिम चरणमा पुगेको छ । सडक कालोपत्र भएर फराकिलो बने पनि सडक सुरक्षाका आवश्यक सङ्केत राख्न ढिलाइ हुँदा दुर्घटनाको जोखिम पनि उच्च देखिएको छ । यही सम्भावित जोखिमलाई मध्यनजर गर्दै ट्राफिक प्रहरी अहिले आफैँ कोदालो र खन्ती बोकेर जोखिमपूर्ण स्थानमा ट्राफिक सचेतनासम्बन्धी सूचना (बोर्ड) राख्ने काम […]

