साताको १० घण्टाभन्दा बढी भिडियो गेम खेल्ने युवामा स्वास्थ्य जोखिमको खतरा

काठमाडौं । हप्तामा १० घण्टाभन्दा बढी भिडियो गेम खेल्दा युवाहरूको खानपान, निद्रा र शरीरको तौलमा गम्भीर असर पर्ने एक अध्ययनले देखाएको छ। अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीको नेतृत्वमा गरिएको अनुसन्धानले अत्यधिक गेमिङ गर्ने युवाहरूमा मोटोपन र अनिद्रा जस्ता समस्या देखिने पुष्टि गरेको हो।’न्यूट्रिशन’ जर्नलमा प्रकाशित यस अध्ययनमा पाँच विश्वविद्यालयका ३१७ विद्यार्थीहरूलाई सहभागी गराइएको थियो। अनुसन्धानकर्ताहरूले सहभागीहरूलाई खेल […]

कञ्चनपुर-कमला सडक विस्तारः पाँच वर्षमा ६९ प्रतिशत प्रगति, ओभरपास र डिजाइनको सकस

सिरहा । नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार तथा स्तरोन्नतिको काम सुरु भएको पाँच वर्ष पुग्दा ६९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । एसियाली विकास बैंकको मुख्य लगानीमा निर्माणाधीन ८६ दशमलव ८३ किलोमिटर लामो यो खण्डको काम तीन पटक म्याद थपिँदा पनि अझै पूर्ण हुनसकेको छैन । सन् २०२० जुनमा चाइना रेलवे […]

वैदेशिक रोजगारीका नाममा २८ लाखभन्दा बढी ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाई २८ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ताप्लेजुङकी ३७ वर्षीया सुनिता इधिङगो लिम्बू, रूकुम पश्चिमका ३० वर्षीय अभिशेष कराला, अर्घाखाँचीका ४६ वर्षीय चेतनारायण आचार्य, काभ्रेपलाञ्चोकका ४९ वर्षीय रेशमलाल लामा तामाङ र काठमाडौँकी ४२ वर्षीया निलिमा श्रेष्ठ […]

अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै ओलीले नेपालको सांस्कृतिक विविधतामा यो पर्वलाई कतै माघी, कतै मकर सङ्क्रान्ति र कतै माघ्या पर्व भनेर मनाइने बताए । उनले यस […]

पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा । हिमाली जिल्ला रसुवामा पछिल्लो ६ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार […]

राष्ट्रपति पौडेल बागलुङमा

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा आएका छन् । बागलुङ नगरपालिका–१३ पैयुँपाटस्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा सहभागी हुन उनी नेपाली सेनाको हेलिकप्टरमा केहीबेरअघि यहाँ आइपुगेका हुन् । राष्ट्रपति पौडेललाई हेलिप्याडमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले स्वागत गरे ।

माघे संक्रान्ति अवसरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्धन मेला २०८२–८३’ सुरू

काठमाडौं ।  (माघ १ गते) बाट काठमाडौँकाे बानेश्वरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्धन मेला २०८२–०८३’ सुरू भएको छ। डिग फर नेपाल र वल्ड मार्ट युनिक सलुसन्सले संयुक्त रूपमा आयोजना गरेको यो मेला चौँथो जैविक विविधता दिवसको अवसरमा हरेक शनिवार र विशेष पर्व/अवसरमा ५२ हप्तासम्म सञ्चालन हुने बताइएको छ। आजको माघे संक्रान्ति विशेष कार्यक्रम अन्तर्गत […]

नयाँ वर्षको अवसरमा टाटाको ‘बिग स्विच’अफर

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष ‘न्यू इयर बिग स्विच’अभियान सार्वजनिक गरेको छ।  जनवरी १५ देखि १८ तारिख (माघ १ देखि ४ गते) सम्म सञ्चालन हुने यस चार दिने विशेष अभियानमार्फत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारी साधनहरूमा अपग्रेड […]

गाजामा स्वास्थ्य सेवा जबरजस्ती बन्द गर्न इजरायली सेनाको आदेश

काठमाडौं । सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले अन्तर्राष्ट्रिय कानून विपरित छापा मारेको युएनआरडब्लुएका आयुक्त–जनरल फिलिप लाजारिनीले  बताएका छन् । लाजारिनीले सामाजिक सञ्जाल एक्समा इजरायली सेनाहरू“ “पूर्वी जेरुसेलमको युएनआरडब्लुए र संयुक्त राष्ट्रको परिसर भित्र प्रवेश गरी स्वास्थ्य केन्द्र वन्द गर्ने आदेश दिएको बताए । प्यालेस्टिनी शरणार्थीहरूलाई प्राथमिक स्वास्थ्य सेवामा पहुँचबाट वञ्चित गर्दै […]

टिकटक बन्यो फिफाको प्रथम रुचाइएकोको प्लेटफर्म: फ्यानहरूको अझै नजिक बन्नेछ फिफा विश्वकप २०२६

नेपाल । टिकटकले फिफासँग एक सम्झौता मार्फत् विश्वव्यापी साझेदारी गरेको छ, जसअनुरुप टिकटक फिफाको आजसम्मकै प्रथम रुचाइएको प्लेटफर्म बन्नेछ। यस साझेदारी मार्फत फिफा विश्वकप २०२६ को आधिकारिक कभरेज विस्तार हुनेछ भने बीहाइण्ड-द-सीन एक्सेस र इन्टरएक्टिभ फ्यान अनुभवहरू उपलब्ध हुनेछन्।सन् २०२६ को अन्त्यसम्म कायम रहने यो साझेदारीले फुटबलको सबैभन्दा ठूलो प्रतियोगितालाई डिजिटल माध्यमबाट अनुभव गर्ने नयाँ […]