यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

निर्वाचनका लागि भारत र चीनसँगका सीमा नाकाहरु बन्द

काठमाडौं ।  बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनको लागि सरकराले भारत र चीनसँगको सीमा नाकाहरु बन्द गरेको छ । निर्वाचन शान्तिपूर्ण तवरबाट सम्पन्न गर्नको लागि सरकारले भारत र चीनसँगका सीमा नाकाहरु बन्द गरेको हो । सोहि क्रममा गृह मन्त्रालयलसे सुदूरपश्चिममा रहेका नेपाल–भारत सीमा नाका पनि सिल गरेको छ । भारतसँग सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र […]

रोबिन शेरचनकाे विशेष अपिल : असहज अवस्थाका बिच महाधिवेशन गर्नैपर्ने भए सहमतिमा नेतृत्व चयन गराैँ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी १२औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रोबिन प्रसाद शेरचनले संघको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न माग गरेका छन् । मार्च १४ देखि १६ सम्म काठमाडौँमा तय भएको महाधिवेशनको संघारमा एक विशेष अपिल जारी गर्दै शेरचनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र संस्थाभित्रको प्रक्रियागत विवादका कारण निर्वाचन प्रक्रिया […]

निर्वाचन बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सले बीमा सेवा जारी राख्ने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आगामी निर्वाचन बिदा अवधिमा समेत बीमा सेवा उपलब्ध गराउने भएको छ। कम्पनीले फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदाका दिन पनि बीमा सेवा सम्बन्धी अत्यावश्यक कार्य संचालन हुने जानकारी दिएको छ। कम्पनीले यस अवधिमा सेवा लिन चाहने ग्राहकहरूका लागि आफ्नो सम्पर्क अधिकारीहरूको विवरण सार्वजनिक गरेको छ। केन्द्रिय कार्यालयका अधिकारीहरू […]

मध्यपूर्व युद्ध : काठमाडौंबाट निर्धारित डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । मध्यपूर्वी देशहरूमा चर्किएको युद्ध र हवाई क्षेत्र प्रतिबन्धका कारण नेपालको हवाई क्षेत्रसमेत निरन्तर प्रभावित बनिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार समेत पूर्वनिर्धारित कुल १६ अन्तर्राष्ट्रिय हवाई उडान रद्द भएका छन् । आज जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सले काठमाडौंमा गर्ने उडान […]

निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण यस्तो छ

काठमाडौं ।  निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था भएका आचरणसमेत पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ मा कुनै कर्मचारीले उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुनेलगायतका आचरणका व्यवस्थाहरु गरिएका छन् । आचारसंहितामा निर्वाचनमा संलग्न रहने कर्मचारी […]

मध्यपूर्वमा द्वन्द चर्किँदा अन्तर्राष्ट्रिय बजारमा हलचल, तेल र ग्यासको भाउमा तीव्र वृद्धि

काठमाडौं । मध्यपूर्व क्षेत्रमा द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय कमोडिटी बजारमा तीव्र उतारचढाव देखिएको छ। क्षेत्रीय अस्थिरताका कारण ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने आशंकाले कच्चा तेल र ग्यासको मूल्य उल्लेखनीय रूपमा बढेको छ। बजार तथ्यांकअनुसार कच्चा तेल र ब्रेन्ट तेल दुवै ६ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। प्राकृतिक ग्यास, पेट्रोल र हिटिङ आयलमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। […]

ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ विलासामा

काठमाडौं । नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्यूलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमूख पर्यटकीय सहर भैरहवा स्थित सिद्धार्थ विलासामा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । द सोल्टी काठमाडौं, र्याडिसन होटल, रोयल टुलिप काठमाडौं, रोयल टुलिप चितवन, माउण्टेन ग्लोरी पोखरा लगायत देशका विभिन्न प्रतिष्ठित होटलहरूमा सेवा विस्तार गरिसकेको ट्रान्क्यूलिटी स्पाले अब लुम्बिनी प्रदेशमा पनि […]

सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

इस्लामाबाद । पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्चिम र उत्तरपश्चिम सीमाक्षेत्रमा मङ्गलबार बिहानदेखि तीव्र झडप भएको जनाउँदै इस्लामाबादले एक पाकिस्तानी सैनिकको पनि ज्यान गएको पुष्टि गरेको छ । पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले अफगान सीमामा भएका ‘धेरै आक्रमणलाई सफलतापूर्वक विफल पारिएको’ बताए । उनका […]

‘उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

काठमाडौं । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई टिकट बोकेर चार दिनदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चक्कर लगाइहेका छन् । दिनहुँ विमानस्थल पुग्छन्, उडान रद्द भएको सूचना पाएसँगै निराश भएर फर्किन्छन् । रोमानीयामा रोजगार गर्दै आएका तामाङ दुई महिनाको घर बिदा […]