यूएईले दियो १ सय ६६ नेपालीलाई आममाफी

काठमाडौं । यूएईले विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका एकसय ६६ जना नेपालीलाई आममाफी दिएको छ । इदको अवसरमा यूएईले विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका नेपालीहरूलाई आममाफी दिएको नेपाल सरकार परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘रमजानको पवित्र महिना र इदको अवसरमा १६६ नेपाली कैदीहरूलाई उदारतापूर्वक आममाफी प्रदान गरेकोमा संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार प्रकट गर्दछ,’ […]

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

पोर्चुगल । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति मार्सेलो रेबेलो डी सौसासमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । लिस्बनस्थित राष्ट्रपति भवन बेलेम प्यालेसमा सोमबार आयोजित एक समारोहबीच राजदूत पौडेलले राष्ट्रपति सौसासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पौडेलले राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका थिए । सो अवसरमा उनीहरुबिच नेपाल […]

बीपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माणको काम धमाधम

धुलिखेल । गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले त्यसरी वैकल्पिक सडक बनाएर खोलाको बगरैबगर सवारी सञ्चालन हुँदै आएको छ । काठमाडौंबाट पूर्वीतराई जाने छोटो दूरीको यात्रा बीपी राजमार्ग सबैको छनोटको गन्तव्य […]

प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी ओली थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बैंकक प्रस्थान गरेका हुन् । ओली थाइल्यान्डको औपचारिक भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् । उनी थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा गएका हुन् । प्रधानमन्त्री ओली […]

कतारमा १८ जना नेपालीलाई आममाफी

काठमाडौं ।कतार सरकारले त्यहाँ विभिन्न मुद्दामा बन्दी जीवन बिताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। उक्त आममाफी इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान र इद पर्वको अवसरमा प्रदान गरिएको हो। यसका लागि परराष्ट्र मन्त्रालयले कतार सरकारलाई धन्यबाद दिएको छ। यो आममाफीले नेपाल र कतारबीच द्विपक्षीय सम्बन्धमा अझ बलियो भूमिका खेलेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को चैत १८ गते बसेको बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) […]

गोर्खाज फाइनान्सद्धारा सिइओका लागि पुन: आवेदन माग

काठमाडौं । गोर्खाज फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त माग गरेको छ । फाइनान्सले रिक्त पदमा पदपूर्ति गर्ने गरी दरखास्त माग गरेको हो । इच्छुक र योग्यता पुगेका नेपालीले १५ दिनभित्र इमेलमार्फत आवेदन दिन सक्नेछन् । फाइनान्सको सीईओ बन्न व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा […]

राष्ट्रिय वाणिज्य बैंकलाई साढे २ अर्बको ऋणपत्र बिक्री गर्न बोर्डले दियो अनुमति

काठमाडौं। नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने अनुमति दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । जसमध्ये बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई सर्वसाधारणमा जारी गर्नेछ भने १ अर्ब रुपैयाँ बराबरको […]

गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । चैत १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। उक्त  प्रस्ताव पारित गर्न कम्पनीले २०८२ बैशाख ५ गते साधारण सभा बोलाउने भएको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २८ […]

चुडामणि चापागाईं बने नेप्सेको सीईओ

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)  चुडामणि चापागाईं बनेका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्से सीईओमा नियुक्त गरेको हो। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजरसमेत रहेका उनी झापाका हुन्। नेप्सेको सीईओमा नियुक्त चापागाईले सानिमा रिलायन्स लाइफमा साढे पाँच बर्ष काम गरेर केही समय अघि मात्रै राजिनामा दिएका थिए । त्यसअघि […]