आठ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय १ खर्ब बढी, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा जीवन बीमा कम्पनीहरूले १ खर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आवको साउन देखि फागुनसम्म १ खर्ब ८ अर्ब ७१ करोड १३ लाख ६६ हजार बीमा शुल्क संकलन गरेको छ। समिक्षा अवधिमा जीवन बीमा […]

लघु जीवन बीमा कम्पनीहरुको व्यापार करिब साढे ७२ करोड

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिना फागुनसम्म लघु जीवन बीमकहरुले करिब साढे ७२ करोड रुपैयाँको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमा कम्पनीहरुले फागुनसम्म ७ लाख ९१ हजार ८५६ वटा बीमालेख बिक्री गरेर ७२ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। सबैभन्दा धेरै व्यापार […]

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गौतम

पर्सा । वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित भएका छन्। संघको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिवजीप्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुङ्गटा, सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान, सहकोषाध्यक्षमा निरज अग्रवाल र सहसचिवमा नरेश टिवडेवाल निर्विरोध निर्वाचित भएका छन् । यस्तै सहसचिवमा अनुप अग्रवाल निर्वाचनबाट […]

१९ अर्ब ४९ करोडको ट्रेजरी बिल नविकरण गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १९ अर्ब ४९ करोडको ट्रेजरी बिल नविकरण गर्दैछ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि […]

वीरगञ्ज नाकाबाट १ खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर रु १ खर्ब २२ अर्ब २० करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । गत आवको आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा रु एक अर्ब ६७ करोड बढीको […]

६ कारोबार दिन पछि बढ्यो नेप्से, दोहोरो अंकले बढ्यो नेप्से साढे ४ अर्बको कारोबार

काठमाडौं । ६ कारोबार दिन  पछि शेयर बजार बढेको छ । साताको दोस्रो दिन सोमबार शेयर बाजर बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २६.१० अंकले बढेर २६४०.७८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.०९ अंकले बढेर ४४३.४२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट […]

अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल

गण्डकी । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्री पर्यटकको चहलपहल बढ्न थालेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ । ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गत सातादेखि पर्यटकको आउजाउ बढेको बताए । ‘मौसम सफा छ, हिमाल खुलेको छ, पर्यटन क्षेत्र चलायमान बनेको […]

रेजेडआर १२५ एफआई हाइब्रिडको लागि यामाहा नेपालले सुरु गर्‍यो ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान

काठमाडौं । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडको लागि यामाहा नेपालले ७१.३३ किलोमिटर प्रतिलिटरको एआरएआई- प्रमाणित माइलेजको साथ इन्धन दक्षतामा नयाँ बेन्चमार्क स्थापित गर्दै ‘हाइएस्ट माइलेज इन नेपाल’ प्रस्तुत गरेको छ । एड्भान्स हाइब्रिड टेक्नोलोजीका साथ निर्माण भएको रेजेडअर १२५ एफआई हाइब्रिडले पावर, दक्षता र स्मार्ट इनोभेसनको उत्तम सन्तुलन प्रदान गर्दछ । जसले यसलाई पर्फर्मेन्स र […]

चन्द्रवीरले खनेको त्यो बाटो…

दाङ । श्रीमतीसँगै छोराहरू पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो । राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले बुढेसकालमा दुई वर्ष लगाएर बाटो खने । न त कसैले बाटो खन्न सहयोग गरे, न त कसैले चासो दियो । एक्लै दुई वर्ष लगाएर दुई किलोमिटर बाटो खनेका […]

वेयरहाउसिङ्गमा डिजिटल युगः उपायले १ अर्ब २० करोड लागतमा नेपालमा थ्रीपीएल सेवा ल्याउँदै

काठमाडौं । नेपालमा प्रविधिमा आधारित लजिस्टिक्स कम्पनी उपायले थर्ड पार्टी लजिस्टिक्स ( थ्रीपीएल) वेयरहाउस सञ्चालन गर्ने भएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उपायले नेपालमा थ्रीपीएल वेयरहाउस निर्माणको औपचारिक घोषणा गरेको हो। नयाँ वेयरहाउस काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १३, नेपाल प्रहरी स्कुल नजिकै, करिब १८ रोपनी (१ लाख वर्गफुट) क्षेत्रफलमा निर्माण गरिनेछ। नेपालमा लजिस्टिक्स क्षेत्रको प्रविधि […]