स्नो रिभर्सको आईपीओ आजदेखि निष्काशन तथा बिक्री खुल्ला

काठमाडौं । स्नो रिभर्स लिमिटेडको आईपीओमा आज (बैशाख २९ गते) देखि आवेदन दिने सकिने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड […]

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज दिउसो १ बजेका लागि संसद बैठक बोलाइएको हो । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक […]

आज केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना 

काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ । कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा रहेको थियो । युरोपियन […]

 बाह्य क्षेत्र मजबुत, महँगी नियन्त्रणमा: नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखायो आर्थिक स्थायित्व र संरचनात्मक चुनौती

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनासम्म (चैतसम्म) को तथ्याङ्कअनुसार नेपालको समग्र आर्थिक तथा वित्तीय अवस्था मिश्रित तर धेरै सूचकमा स्थायित्व र सुधारतर्फ उन्मुख देखिएको छ। विशेषगरी बाह्य क्षेत्रको मजबुती, महँगी नियन्त्रण तथा विदेशी विनिमय सञ्चितिको उच्च स्तरले अर्थतन्त्रलाई केही हदसम्म स्थायित्व प्रदान गरेको देखिन्छ। राष्ट्र बैंकका अनुसार […]

एसइईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा भने केहीबेर पछि मात्रै वेबसाइटमा देख्न सकिने जनाइएको छ । एसईई परीक्षा गत चैत १९ […]

सरकारसँग ‘स्पिड’ र ‘स्प्रिट’ मिलाउन इप्पान महासचिवमा युवा इन्जिनियर मिथुन पौडेलको उम्मेदवारी घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी महासचिव पदका लागि युवा इन्जिनियर तथा ऊर्जा उद्यमी मिथुन पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । इप्पानको आगामी जेठ २९ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् । ऊर्जा क्षेत्रको नेतृत्वमा प्राविधिक दक्षता, नीतिगत स्पष्टता र संस्थागत सोच आवश्यक रहेको उल्लेख गर्दै […]

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा वनमन्त्री चौधरी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन तथा वातावरणमन्त्री गीता चौधरीलाई दिएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समेत जिम्मेवारीमा रहेकी  चौधरीलाई प्रधानमन्त्री शाहले राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै कोषको अध्यक्षको समेत जिम्मेवारी सम्हाल्ने गरि नियुक्त गरेका हुन्। प्रधानमन्त्री शाहकी प्रेस तथा […]

बागमतीबाट टेबलटेनिस खेलाडी छनोट

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा हुने ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि बागमती प्रदेशबाट सहभागी हुने खेलाडीको सोमबार टुंगो लागेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको बागमती प्रदेश टेबलटेनिस संघका संयोजक नदिमरत्न शाक्यले जनाएका छन् । सिंगल्समा समान ३–३ पुरुष/महिला तथा यु–१५ र यु–१९ मा समान […]

कोशी प्रदेश सरकारद्वारा खोज, उद्धार तथा राहत वितरण कार्यविधि स्वीकृत

विराटनगर । कोशी प्रदेश सरकारले कानुन न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित विपद् व्यवस्थापन अन्तर्गत खोज, उद्धार तथा राहत वितरण कार्यविधि स्वीकृत गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले विभित्र आठ वटा निर्णय गरेको थियो । सो निर्णयअन्तर्गत उक्त कार्यविधि स्वीकृत गरिएको सरकारका प्रवक्ता इन्द्रमणि पराजुलीले जानकारी दिए । त्यसैगरी प्रदेश बीउ बिजन […]